
फुलबारीमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

धनगढी, असार १७ - धनगढी उप–महानगरपालिको वडा नं १४ मा मंगलबार निःशुल्क पशुस्वास्थ्य शिविर सम्पन्न भएको छ ।
धनगढी उप–महानगरपालिकाको पशु सेवा शाखाले एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको हो । वडा नं १४ को अगाडी सागर यूवा क्लवको प्रांगणमा आयोजना गरिएको शिविरमा सयौ किसानहरुले शिविरबाट सेवा लिएका थिए ।
केहि दिन पहिले धनगढी उप–महानगरपालिकाको पशु सेवा शाखाले वडा नं १७ को धुर्झन्नामा पनि निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको थियो । शिविरमा पशु रोगका बारेमा परामर्श तथा पशुको उपचारका लागि आउने किसानहरुको भिडभाड नै लाग्यो नगरप्रमुख वडले भने, आगामी आर्थिक बर्षमा पनि पशु स्वास्थ्य शिविरलाई निरन्तरता दिईने छ ।
सबै वडाहरुमा पशु सेवा केन्द्र स्थापना गर्न सकिएको छैन नगरप्रमुख वडले भने, बिस्तारै स्थापना गर्दै जाने छौं । पशुपालन तर्फ किसानको आकर्षण घटेको बताउदै नगरप्रमुख वडले भने, ब्यावसायीक पशुपालन गर्ने किसानलाई अनुदान र निशुल्क पशुसेवा परामर्श दिने ब्यबस्था उप–महानगरले गर्ने छ ।
शिविरमा फुलबारी क्षेत्रका ३ वटै वडाका पशुपालक किसानहरुले सेवा लिएका थिए । झण्डै ३ सय भन्दा बढीले शिविरबाट सेवा लिएको उप–महानगरको पशु सेवा शाखाले जनाएको छ ।