कञ्चनपुरको बेलडाँडीमा साँस्कृतिक महोत्सव हुने

April 15, 9:18

कञ्चनपुर,२ बैशाख  / सुदूरपश्चिमेलीको लोक संस्कृति जोर्गेना गर्नका लागि कञ्चनपुरको बेलडाँडीमा साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । न्यू खप्तड युवा क्लबको आयोजना बेलडाँडीको खैरिघाटमा साँस्कृतिक महोत्सव आयोजना गरिएको हो । 

नयाँ बर्ष २०७९को अवसर पारेर खप्तड युवा क्बलले खैरिघाट बृहद खेलकुद प्रतियोगिता समेत गरेको बुझिन्छ । विशु पर्वकै दिन साँस्कृतिक कार्यक्रम आयोजना गरि सुदूरपश्चिमेलीको लोक देउडा खेल खेलिएको छ । न्यू खप्तड युवा क्लबका अध्यक्ष नरेन्द्र विष्टले विशु अर्थात नयाँ बर्षलाई मध्यनजर गर्दै खैरिघाटमा खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रम गरिएको बताए । 

हरेक नयाँ बर्ष १ बैशाखमा सुदूरपश्चिममा विशु पर्व मनाईदै आएको पर्वलाई जोर्गेनाका साथै खेलखेलाडी सुदूरका स्थानीय कलाकारको हौसला प्रदानका लागि कार्यक्रम आयोजना गरिएको बताए । लक्ष्मण अधिकारी, चेत बहादुर शाह, मञ्जु गिरी, चेतन बोहारा, डिग्रादेवी वादी सहितले देउडा खेलेका थिए । 

खेलकुद प्रतियोगिताका विजेता टिमलाई पुरस्कारका साथै विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा, बेलडाँडी गाँउपालिका प्रमुख धन ब। थापा सहितका सरोकारवाला निकायका प्रतिनिधीले न्यू खप्तड युवा क्लबले सुदूरको लोक संस्कृति संरक्षणमा भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा