शुक्लाफाँटामा बाह्रसिंगा गणना गरिँदै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा बाह्रसिंगाको बथान ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा बाह्रसिंगाको बथान ।
April 17, 11:10

कञ्चनपुर ४ बैशाख  वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगा गणना गरिने भएको छ । निकुञ्ज प्रशासनले आइतबारदेखि बाह्रसिंगा गणनाको तयारी गरिन लागेको हो । करिब एक दशकदेखि शुक्लाफाँटामा बाह्रसिंगाको नियमित रूपमा अनुगमन तथा गणना भइरहेको छ ।

विगतका वर्षमा पनि वन्यजन्तु सप्ताहकै अवसर पारी गणना हुने गरेको हो । हेड काउन्टिङ (टाउको गणना) विधिबाट हुने गणनाका लागि निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीसँगै निकुञ्जका हात्तीसमेत परिचालन हुनेछन् ।

‘बाह्रसिंगा अनुगमनको तयारी भइरहेको छ, वन्यजन्तु सप्ताहभित्रै अनुगमन सकिनेछ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने, ‘यो नियमित कार्यक्रमजस्तै हो ।’ उनका अनुसार विगतका वर्षमा वैशाख १ देखि नै अनुगमन सुरु हुने भए पनि यस वर्ष वार्षिक कार्यक्रममा समावेश नभएकाले केही ढिलो भएको हो ।

निकुञ्जको विशाल शुक्लाफाँटा घाँसेमैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । ५४ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको उक्त घाँसेमैदानमा गत वर्ष गरिएको अनुगमनमा २२ सय ४६ बाह्रसिंगा गणना गरिएको थियो । विगत केही वर्षदेखि बाह्रसिंगाको संख्या २२ सय देखि २५ सयसम्म पुग्ने गरेको छ । घाँसेमैदानमा हजारौंको झुन्डमा देखिने बाह्रसिंगा पर्यटकका लागि प्रमुख आकर्षणका रूपमा छन् । अझ मौसमअनुसार फेरिने बाह्रसिंगाको शरीरको रंगले पर्यटकलाई झनै लोभ्याउँछ ।

यस वर्ष पहिलो पटक शुक्लाफाँटा घाँसेमैदानसँगै चौधर नदीपारि लालपानी र अन्डैया पटैया क्षेत्रमा पनि बाह्रसिंगाको अनुगमन गरिनेछ । उक्त क्षेत्रमा पनि बाह्रसिंगा देखिन थालेपछि अनुगमन गरिन लागेको सहायक संरक्षण अधिकृत अर्यालले बताए । ‘विगतमा शुक्लाफाँटामा मात्रै अनुगमन गरिन्थ्यो,’ उनले भने, ‘यसपटक चौधरपारि पनि अनुगमन गरिनेछ ।’

चौधर नदीपारि पनि २०/२२ को संख्यामा बाह्रसिंगा देखिएको अर्यालले बताए । यसअघि उक्त क्षेत्रमा बाह्रसिंगा देखिएको थिएन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा