व्यवसायीहरू पक्राउको विरोधमा अत्तरीयामा चरणबद्ध आन्दोलनको घोषणा

Attariya
Attariya
July 04, 1:21

धनगढी, असार १८ - अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटा सहित तिन जनालाई प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा उद्योग वाणिज्य सङ्घले चरमबद्ध आन्दोलनका कार्यक्रमहरू सुरु गरेको छ । बुधवार बिहान आफ्नो धारणा राख्न उधोग वाणिज्य सङ्घको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनबाटै प्रहरीले पक्राउ गरेर लगेपछि त्यसको विरोध गर्दै उद्योग वाणिज्य सङ्घले चरमबद्ध आन्दोलनका कार्यक्रमहरू सुरु गरेको हो । 

चरमबद्ध आन्दोलन अन्र्तगत उधोग वाणिज्य सङ्घले आज बिहान अत्तरिया बजारमा भित्रिने र बाहिरिने सवारी साधनहरू एक घण्टाका लागि बन्द गरेको छ ।

ब्यावसायीहरुका कुरा राख्न पाउनुपर्छ भनेर आवाज उठाउँदा नगरपालिकाले मुद्दा नै लगाएर आफ्ना कार्यसमितिका पदाधिकारीहरूलाई पक्राउ गर्नु अत्यन्तै दुखद भएकाले त्यसका विरुद्ध एक घण्टा चक्का जाम सहित शन्तिपुर्ण रूपमा कोण सभाको आयोजना गरेको अत्तरिया उधोग वाणिज्य सङ्घका महासचिव यज्ञराज जोशीले बताए । उनले बुधवार बन्द रहेको अत्तरिया बजारका पसलहरू आज भने खुल्ला गर्ने निर्णय भएको समेत बताए । वाकी भोलिको कार्यक्रम बारे साँझ छलफल गरिने उनको भनाई छ ।

कोण सभामा बेल्ने अधिकांश वक्ताहरूले नगरपालिकाले झुटो मुद्दा लगाई पक्राउ गरिएका सबैलाई तत्काल रिहाइ गर्नुपर्ने नभए थप आन्दोलनका कार्यक्रमहरू चर्काउने चेतावनी दिएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा