कार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालन, उपमेयर भट्टले गरिन् उद्घाटन

कार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालन
कार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालन
April 22, 7:06

धनगढी ९ वैशाख -  कैलालीको धनगढीमा कार्मल स्कुल सञ्चालनमा आएको छ । सन् २०११ सालमा कार्मल माता समाज नामक संस्था मार्फत नेपालमा स्थापना भएको संस्थाले कैलालीको धनगढी उपमहानगरपालिका वडा न.–२ स्थित नवदीप टोलमा स्कुल सञ्चालनमा ल्याइएको हो । 

कार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालन

उक्त स्कुलको शुक्रबार एक कार्यक्रमकाबिच धनगढी महानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गर्नुभएको हो । स्कुल उद्घाटन गर्दै उपप्रमुख भट्टले गुणस्तरीय शिक्षाका लागि स्थापना भएको कार्मल स्कुलले जीवनोपयोगी र संस्कारयुक्त शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरिन् । ‘कार्मल स्कुलले अहिले जुन गुणस्तरीय शिक्षाको उद्देश्य लिएर स्कुल स्थापना गरेको छ,’ उनले भनिन्, ‘त्यो सँगै अहिलेको समाज सुहाउँदो तथा आम बालबालिकाका लागि जीवनोपयोगी बन्न सक्ने शिक्षा प्रदान गर्न जरुरी छ । त्यसमा यो संस्थाले सञ्चालन गरेको स्कुलले अहम् भूमिका खेल्ने मैले विश्वास लिएकी छु । साथै अहिले किशोरावस्थाका किशोरहरूमा बढ्दो लागू औषधको प्रयोगलाई न्यूनीकरण गर्न संस्कारयुक्त शिक्षा पनि यो संस्था तथा स्कुलले प्रदान गरोस् ।’ 

कार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालन

गुणस्तरीय शिक्षा नभई समुन्नत समाज निर्माण हुन नसक्ने भएकाले परीक्षामा प्राप्त हुने अङ्क भन्दा गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि धनगढीमा स्कुल सञ्चालनमा ल्याएको संस्थाका असिस्टेन्ट प्रोभेन्सियल फादर जोसेफले बताए । कार्मलमा अहिलेसम्म २ हजार फादर आबद्ध भएका फादर जोसेफले बताए । भारतमा ७ सय ५२ स्कुल, ४२ कलेज, १ युनिभर्सिटी र १ मेडिकल कलेज कार्मलले सञ्चालन गरिरहेको उनको भनाई छ । 

कार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालन

नेपाल कार्मल माता समाजका मिसन कोर्डिनेटर फादर जोजी सिएमआईले बालबालिकाको सर्वाङ्गीण विकासका लागि धनगढीसहित पुर्नवास नगरपालिका कञ्चनपुर र धनगढीको फूलबारीमा छात्रावास, स्वीमिङपुल, उपयुक्त खेलमैदान, सांस्कृतिक कक्षालगायतका सुविधा सम्पन्न स्कुल सञ्चालनको तयारी भइरहेको उनको भनाई छ ।  

कार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालन

धनगढीमा साढे तीन बिघामा सुविधा सम्पन्न स्कुल सञ्चालन गर्ने लक्ष्यसहित अहिले एलकेजी, युकेजी र नर्सरीमा गरी ७५ जना बालबालिकालाई स्कुलले भर्ना गर्ने स्कुलका प्रिन्सिपल फादर जमेसन सिएमआईले बताए । कार्यक्रममा जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवालासहित स्थानीयको उपस्थिति रहेको थियो । गिरीराज पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्मल स्कुल धनगढीका प्रमुख गुठियार भक्तबहादुर सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो क्रममा उनले सुदूरपश्चिममा पनि गुणस्तरीय शिक्षाका लागि कसैको पहल हुनुपर्छ भन्ने उद्देश्यले कार्मल स्कुल सञ्चालनको पहल थालेको बताए । उक्त स्कुल सञ्चालनमा धनगढी उपमहानगरपालिकाले महत्त्वपूर्ण सहयोग गरेकोमा सिंहले धन्यवाद समेत ज्ञापन गरे । 

कार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालनकार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालनकार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालनकार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालनकार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालनकार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालनकार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालनकार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालनकार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालन

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा