सरकारले मिडियामाथि अङ्कुश लगाउन खोज्यो  डा. डिला संग्रौला

Dila Sangraula
Dila Sangraula
July 04, 5:52

डोटी, असार १९ - मिडिया काउन्सिल लगायतका विद्ययक ल्याएर सरकारले अङ्कुश लगाउन खोजेको नेपाली कांग्रेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद डा. डिला संग्रौला आरोप लगाएकी छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको आयोजनामा बिहीबार दिपायलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
संसद्मा विचाराधीन मिडिया काउन्सिल विद्येयकले लोकतन्त्रमाथि आक्रमण गरेको भन्दै फिर्ता लिन समेत माग गरेकी छन् । संविधानमा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रको गहना भएको वताउदै मिडिया काउन्सिल विधेयक ल्याएर पत्रकारको कलम बन्द गर्न खोजेको केन्द्रीय सदस्य संग्रौला आरोप लगाइन् ।
यस्तै उनले गुठी विधेयक फिर्ता मात्र नभई खारेज नै हुनु पर्ने माग गरिन । त्यस्तै मानव अधिकार विधेयक, राष्ट्रिय सुरक्षा परिषद्को काम कत्र्यव्य अधिकार लगायतका विधेयक ल्याउन खोज्नु भनेको संविधान मूल मर्म विपरीत भएको बताइन् । यस्ता विधेयक ल्याएर सरकार अधिनायक वाद तर्फ उन्मुख भइरहेको वताउदै तत्काल फिर्ता लिनु पर्ने बताइन् ।
वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको वताउदै वाइड बडी प्रकरण, एनसेल कर, ३३ किलो सुन, बालुवाटार जग्गा, मेलम्ची खाने पानी लगायतका प्रकरणले सरकार प्रस्ट भ्रष्टाचारमा लागेको देख्न सकिन्छ  । 
भ्रष्टाचारलाई शून्य सहनशिलतामा पु¥याउने प्रधामन्त्रीको प्रतिबद्धता रहेको सरकारले भ्रष्टाचारीलाई प्रोत्साहन गरी रहेको आरोप लगाएकी छन् । 
त्यस्तै फरक प्रसङ्गमा बोल्दै उनले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई  वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताइन् । देशलाई द्धन्दमा नधकेली वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखिन् ।

बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको विषयमा बोल्दै काँग्रेस केन्द्रीय सदस्य संग्रौलाले सरकार हत्यारा खोजीमा नलागेको आरोप लगाइन् । अपराधीको संरक्षण गरी रहेको उनले आरोप लगाइन् । प्रधामन्त्री स्वरोजगार कार्यक्रमका अन्तर्गत बेरोजगारलाई रोजगार दिने भन्दै सरकारले अरबौँ रकम दुरुपयोग गरिरहेको बताइन् ।
यही असार २२ गतेको केन्द्रीय समितिको बैठकले अझै कांग्रे्रसलाई सशक्त र मजवुद बनाइने बताइन् ।
नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमको अध्यक्षमा पत्रकार सम्मेलन गरिएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा