डोटी नेपाली काँग्रेस बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष, उपाध्यक्षका उम्मेदवारद्वारा प्रतिबद्धता पत्र सार्वजनिक
डोटी १९ बैशाख / आसन्न वैशाख ३० गते हुने पालिका चुनावको लागि नेपाली काँग्रेसबाट वोगटान फुड्सिल गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दिल बहादुर बम र उपाध्यक्ष पदका उम्मेदवार बिस्ना देउवा बमले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
वोगटान फुड्सिल गाउँपालिका –१ सिमचौरमा घरदैलो अभियानका क्रममा एक कार्यक्रमका विच प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता पत्रमा गगुडा, सातफरी, चवराचौतारा, सिमचौर, केदार अखडा हँुदै कानाचौर सडक र बडीकेदार हुँदै बोगटान जोड्ने सडकलाई स्तरोन्नती गर्दै कालोपत्रे गर्न पहल गर्ने देखि रोजगारीको अवसर प्रदान गर्ने सम्म प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
काँगे्रसले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सडकलाइ विशेष प्राथमिकतामा राखेर सवै वडा कार्याल तथा टोलमा सडक पुर्याउने, सवै घरमा शुद्ध पिउने पानिको व्यवस्था गर्ने ,खेतियोग्य जमिनममा सिँचाइ आयोजनाको अवधारणा ल्याउने, गाउँपालिका स्वास्थ्य संस्था सम्म सडक निर्माण गरी ७ वटै वडामा एम्बुलेन्सको ब्यवस्था गर्ने, प्रतेक स्वास्थ्य संस्थालाई श्रोत साधन र सुविधा सम्पन्न तथा जनशक्तिको व्यवस्थापन गर्ने, दिपायल देखि चवाराचौतारा, सिमचौर हुँदै बडिकेदार सम्म बस सेवा सञ्चालनका लागि पहल गर्ने ,बोगटान सडकलाई सेती लोकमार्गसँग जोड्न पहल गर्ने, निशुल्क स्वास्थ्य परीक्षण देखि स्वास्थ्य बिमालाई गाउँपालिका भित्रका प्रत्येक व्यक्तिसम्म पु¥याउने कुरा प्राथमिकतामा राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
यस्तै स्थानिय साना लघु जलविधुत्त तथा सोला विधुत्त सेवाको विस्तारका साथै पालिका अन्तर्गत सबै वडामा राष्ट्रिय प्रशारण लाइन जोड्ने, वृद्द वृद्धाले असहज महसुस गरिरहेको सामाजिक शुरक्षाभत्ताको बुझ्न गाह्रो मानिएको महसुसलाइ बैङ्क सँग सहकार्य गर्दै वडा बाट सामाजिक शुरक्षाभत्ता लिन सक्ने व्यवस्था मिलाउने, एक गाउँ एक उत्पादन पकेट क्षेत्र घोषणा गर्दै कृषि क्षेत्रको विकास गर्ने, कृषकलाई विशेष अनुदानको व्यवस्थ गर्ने, धार्मिक स्थललाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय स्तरमा लोप हँुदै गएका पञ्चेबाजा, हुड्केली, सनई, नरसिंहाजस्तापरम्परागत बाजाहरूको सरंक्षणार्थ पहलकदमी गर्ने, पालिका र वडा बाट प्रदान गरिने सेवा सुविधालाइ सर्वसुलभ र सहजै सेवा दिने कुरालाई महत्वका साथ प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
यस्तै माध्यमिक विद्यालयको अवस्था हेरी प्राविधिक शिक्षा सञ्चालन गर्ने र पालिका भित्रका प्रत्येक विद्यालयमा पुस्तकालय निर्माण गरी पुस्तक उपलब्ध गराउनुका साथै ई लाईब्रेरीको व्यवस्था गर्र्नेे, फरक क्षमता भएका विद्यार्थिका लागिका पठन पाठनकाको व्यस्था गर्ने , गाउँपालिका भित्रका सबै बालबालिकाहरूलाई अनिवार्य विद्यालय भर्ना गराउने रणनीति तर्जुमा गरी गुणस्तरीय तथा बालमैत्री शिक्षाको व्यवस्था गर्ने , शिक्षकहरूको क्षमता अभिवृद्घिका लागि तालिमको ब्यवस्था तथा प्रोत्साहनको व्यवस्था, प्रत्येक विद्यालयको भौतिक पुर्वाधारमा सुधार गरी खानेपानी, शौचालय र छात्राहरूका लागि गुणस्तरीय सेनटरी प्याडको ब्यवस्था गर्ने प्रतिवद्धता पत्रमा उल्ले गरीएको छ ।
यस्तै सभ्यता, वेशभुषा, रहनसहन लगायत डोटेली सांस्कृतिक, इतिहास झल्किने किसिमको एउटा नमुना सङ्ग्रहालयको निर्माण गर्ने, पालिकाभित्रका केही बस्तीलाई नमुना बस्तीका रुपमा घोषणा गरी बढी भन्दाबढी पर्यटक भित्र्याउने सोचका साथ होमस्टे संचालनार्थ आवश्यक तालिमको व्यवस्था गर्ने , पालिका भित्रका वनको संरक्षण तथा रक्षा गर्ने , विशेगरी ओखर, सुन्तला, मौसमी, अदुवा, मह उत्पादनका साथै पशुपालन गर्ने कृषकहरूको उत्पादनलाई मध्यनजर गरी सरकारी कृषि सङ्कलन केन्द्र बनाई बजारिकरण गर्न पहल गर्ने, पशुबिमालाई विस्तार गर्ने, आधुनिक औजार तथा उपकरणहरूको व्यवस्था गर्ने लगायका प्रतिवद्धता समेत अध्यक्ष पदका र उपाध्यक्ष पदका उम्मेदवारले प्रतिबद्धता पत्रमा उल्लेख गरिएका छन् ।