पहिले एमबिबिएस अव बिशेषज्ञ डाक्टर ल्याउँछौं : लोकेन्द्र शाही

May 03, 4:54

डाेटी २० बैशाख /  जनप्रतिनिधि आउनु अघि सामान्य उपचार गर्न केआईसिंहबासीले दिपायल, धनगढी जानुपर्ने बाध्यता थियो । समय, खर्च र अनावश्यक दुखका कारण अनेकौं सास्ती बेहोर्नु पथ्र्यो । तर केआईसिंह गाउँपालिकाले एमबीबीएस डाक्टर खटाएपछि भने स्थानीयलाई उपचारमा सहजता मिलेको छ । त्यसका ज्वलन्त उदाहरण हुनुहुन्छ, ०७७ सालमा केआईसिंह गाउँँपालिका २ मौडाकी सावित्री जेठारा । गाउँँमै लडेर उहाँको हात भाँचियो । आफन्तले उपचारका लागि तुरुन्तै दुर्गामाण्डौ स्वास्थ्यचौकी ल्याउनु भयो । गाउँँपालिकाले नियुक्त गरेका डा. मोहम्मद साकिर अहमद राइनले एक्सरेबाट उनको अवस्था पत्ता लगाउँनु भयो । डा. साकिरले स्वास्थ्य चौकीमै हातको प्लाष्टर गरी उपचार गर्नु भयो । त्यस्तै वडा नं. १ निवासी मीना विक, नेत्र कठायत, वडा नं. ४ निवासी देवी भट्ट, वडा नं ३ का आशिष भट्टले पनि हड्डी भाँचिएपछि दुर्गामाण्डौ स्वास्थ्य चौकीमै उपचार गराउनु भयो । उहाँहरुजस्ता धेरैजनाले हड्डी भाँचिएका ४० जनाले एमबीबीएस डाक्टरबाट गाउँँमै उपचार पाउनु भयो । त्यसबाहेक केआईसिंह गाउँपालिकाले ल्याव परिक्षण समेत स्थापना गरेको छ । आर्थिक वर्ष ०७७÷०७८ मा मात्रै ८९ पुरुष र १७६ महिलाको ल्याब परिक्षणबाट सेवा लिनुभयो । दुर्गामाण्डौ स्वास्थ्य चौकी इन्चार्ज भिष्मराज पाण्ड्ेयले एमबिबिएस डाक्टरको सेवा सुरु गरेपछि विभिन्न रोगबाट संक्रमित  २० हजार ७ सय ६४ बिरामीले सुविधा पाएको बताउनु भयो । हालसम्म २ सय ५० बिरामीले एक्सरे सेवा, ४० जनाले भाँचिएका हड्डीएको प्लाष्टर सेवा र १ हजार ५ सय ३८ जनाले ल्याव परिक्षण सेवा पाएका छन् ।
नागरिकहरूको स्वास्थ्य उपचारमा टेवा पु¥याउने उदेश्यले आफ्नै विकास खर्चबाट स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टर ल्याउने केआईसिंह नेपालकै पहिलो गाउँँपालिका हो । गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले अर्को कार्यकालको जिम्मेवारी पाए केआईसिंह गाउँपालिकामा स्त्रीरोग बिशेषज्ञ र जनरल सर्जन बिशेषज्ञ ल्याउने प्रतिबद्धता गरेका छन् ।                    ‘थुप्रै महिला दिदिवहिनीहरु थ्ुप्रै यौन तथा प्रजजन रोगवाट प्रताडीत हुनुहुन्छ’, गाउँपालिका अध्यक्षका उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी लोकेन्द्र बहादुर शाहीले आफ्नो घोषणापत्रमा भनेका छन्, ‘ जनताको स्वास्थ्यभन्दा ठुलो धन अरु केही छैन , त्यो बचाउन हामी बिशेषज्ञ चिकित्सक ल्याएर सेवा दिन्छौं ।’ 
दुर्गामाण्डौ स्वास्थ्य चौकीमा २०७६ मंसिरमा डा. राजु गुरुङ्गलाई गाउँँपालिकाले नियुक्त गरी पहिलोपटक खटाएको थियो । गुरुङ्ग पछि डा. मोहम्मद साकिर अहमद राइन आउनु भयो । अहिले डा. विनमराज शर्मा कार्यरत हुनुहुन्छ ।
एमबिबिएस डाक्टर आएपछि दुर्गामाण्डौ स्वास्थ्य चौकीको स्तरोन्नतिमा समेत गाउँँपालिकाले लगानी गरेको छ । औषधी खरिदमा अनावश्यक व्ययभार नबढोस् भनेर छुट्टै फार्मेसी सेवासमेत सञ्चालनमा ल्याएको छ । यसरी फार्मेसी सञ्चालनको अवधारणा ल्याउने पनि केआईसिंह पहिलो गाउँँपालिका हो ।
यसबाहेक रगत परीक्षणका लागि ल्याव, भिडियो एक्सरेको सुविधासमेत थपेर गाउँँपालिकाले जनतालाई स्वास्थ उपचारमा सहजता ल्याउने प्रयत्न गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण…
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा