सुपथ मूल्य पसल चलाउने एकमात्र केआईसिंह पालिका

May 03, 8:03

डोटी २० बैशाख /  दसँै तिहार जस्ता चाडपर्व नेपालीका महान चाडपर्व हुन् । हरेक नेपालीले आफ्नो हैसियत अनुसार चाडपर्व मनाउने गर्दछन् । तरपनि चाडपर्वका बेला आर्थिकरुपले कमजोर र विपन्न परिवारमा भने उत्साह हुँदैन । विभिन्न अभावले चाडपर्वमा खल्लो अनुभूति गर्दछन् । केआईसिंह गाउँँपालिकाले चाडपर्वका बेला सवै परिवारमा राहत पुगोस् भन्ने उदेश्यले हरेक वर्ष पालिका निवासीलाई सहुलियतमा सामानहरू उपलब्ध गराउँदै आएको छ । गाउँँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही कुनै पनि जनता चाडपर्वका बेला निराश नहुन् भन्ने उदेश्यले सहुलियतपूर्ण सामानमा अनुदान दिएको बताउनु हुन्छ ।
सबै घरधुरीलाई वडास्तरीय सहकारीमार्फत चिनी, नुनमा अनुदान दिने गरेको छ । गाउँँपालिकाले आर्थिक वर्ष ०७५/०७६ मा ४ हजार ५ सय घरधुरी, ०७६÷०७७ मा ४ हजार ७ सय घरधुरी, ०७७/०७८ मा ५ हजार घरधुरीलाई चिनी र नुनमा अनुदान दिएको थियो । प्रति घरधुरीमा हरेक ५ किलो चिनी ३ किलो आयोडिनयुक्त नुन उपलब्ध गराएको थियो । यसरी जनतालाई प्रत्यक्ष फाइदा हुने गरी सहुलियतपूर्ण सामान वितरण गर्ने केआईसिंह एक मात्र गाउँँपालिका हो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा