नगरवासीको भावना अनुसार काम गर्ने छौ - नगर प्रमुखका उमेदवार वलायर
डोटी २१ वैशाख/ नेपाली काँग्रेसका तर्फवाट शिखर नगरपालिका डोटीका नगर प्रमुखका उमेदवार दिर्घ वलायरले चुनाव जितेमा शिखर नगरवासीको भावना अनुसार काम गर्ने वताएका छन । मंगलवार शिखर नगरपालिका डोटीको वडा नं सातका कार्यकर्ता भेटघाटका क्रममा सो कुरा वताएका हुन । 'शिखर नगरपालिका डोटीको भौगोलिक अवस्था अनुसार विभिन्न सम्भावना रहेका छन । विभिन्न ठाउ अनुसार माग रहन्छन ।' नगरका उमेदवार वलायरले भने, यी सवैलाइ मध्यनजर गर्दै अगाडि वढ्नेछौ । हामीले आफ्नो पाँच वर्षको प्लान सहित चुनावमा आएको वताउदै नगर प्रमुखका उमेदवार वलायरले भने - ' हामी नगरवासीको प्लान पुरा गर्न लाग्छौ ।' शिखर नगरपालिका डोटी नेपाली काँग्रेस उप प्रमुखको उमेदवार सुनिता रावल रहेकी छन । नेपाली काँग्रेस शिखर नगरपालिका डोटीको चुनावी प्रचार प्रसारको टोली नगरपालिकाको वडा नं १ देखि ९ नं सम्म पुगेको छ ।