दिसिनपाका जनताको बाचा,‘विजय खड्कालाई बहुमतले जिताउँछौं’

May 05, 8:16

डोटी २२ बैशाख /  दिपायल सिलगढी नगरपालिकाका जनताले कांग्रेसका उमेदवारलाई बहुमतले विजय गराउने बाचा गरेका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि घरदैलो कार्यक्रममा रहेका मेयरका उमेदवार विजय खड्का, उप–मेयर कल्पना साउँद लगायतको टिमलाई बहुमतले विजय गराउने बाचा गरेका हुन् ।

गत निर्वाचनमा थोरै मतले पछाडी परेका खड्कालाई यस वर्ष जसरी भए पनि जिताउने भन्दै आन्तरीक तथा वाह्य रुपमा जनताहरु पार्टीसँग जोडीदै गरेको कांग्रेसका नगर सभापति गणेश मलासीले बताए । विगत पाँच वर्ष एमालेले नेतृत्व गरेको यो नगरका जनताहरु एमालेसँग सन्तुष्ट छैनन् ।,‘उनले भने,‘घरदैलोमा हामीहरु पुग्दा धैरैजसो जनताहरुले अबको पाँच वर्ष कांग्रसलाई नेतृत्वगर्न दिने र काम हेर्ने बाचा गरेकाछन् । हामी बहुमतले चुनाव जित्नेमा ढुक्क छौं ।’

नगरका अधिकांश वडाहरुमा घरदैलो कार्यक्रम गरिसके पछि कांग्रस उमेदवारहरु उत्साहित भएका छन् । २०७४ अघि कांग्रेसको पकड क्षेत्रका रुपमा चिनिने दिपायल सिलगढी नगरपालिकामा कांग्रेसले विगतकै जनलहर फर्किएको दावी गरेको छ । यस वर्ष मेयरका आकांक्षी उमेदवारहरु पनि मेयर खड्काको टिमलाई विजय गराउँन एकजुट भएर लागेको छन् ।

जनताको घरदैलोमा टेक्दै गर्दा जनताहरुले अथाहः प्रेम दर्शाउनु भएको छ,‘मेयरका उमेदवार खड्काले भने,‘जनताले यसपटक आफुलाई मेयरमा जिताएर देखाइदिने बाचा गरेका छन् ।’ मेयरमा विजय भएपछि जनताको जनमत र कार्य आदेशको पूर्ण पालना गरेर नमुना नगर बनाउँने उनले बताए ।

गत निर्वाचनमा झिनो मतले पछाडी परेका खड्कालाई कांग्रेसले पुनः उमेदवार बनाएको छ । जिल्लाको सबै भन्दा पुरानो सो नगरपालिकाको मेयरका लागि ७ जनाको उमेदवारी परेको छ भने उप–मेयरका लागि ४ जनाको उमेदवारी परेको छ ।

नगरमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उमेदवार मुख्य प्रतिस्पर्धामा रहेका छन् भने नेकपा (माओवादी केन्द्र) पनि जोडबलका साथ लागेको छ । माओवादीले नेकपा फुटेदेखि नै एमाले कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएको छ । माओवादीले एमालेबाट प्रवेश गरेका व्यक्ति तथा समुदायको मतहरु पायो भने कांग्रेस सहजै चुनाव जित्न सक्ने आलंकन गरिएको छ ।

गत निर्वाचनमा एमालेका उमेदवार मञ्जु मलासीले चार हजार ४२८ मत पाउँदा खड्काले चार हजार १५२ मत प्राप्त गरेका थिए । कांग्रेसले यस पटक आफु बहुमतले चुनाव जित्ने दावी गर्दै आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण…
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा