डोटीमा जीप दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

May 07, 7:08

डोटी  २४ बैशाख /  डोटीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आइरहेको शैलेश्वरी यातायातको से १ ज ७८५ नम्बरको जीप दुर्घटना भएको हो ।

दिपायल सिलगढी नगरपालिका- १ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीप दुर्घटनामा २५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् भने जीपमा सवार आदर्श गाउँपालिका – २ भाडीकोटका २४ वर्षीय डिल बहादुर थापा गम्भीर घाइते भएका छन् । घाइते थापाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूप सिंह थापाले जानकारी दिए ।

जीप सडकबाट करिब तीनसय मीटर तल खसेको छ । जीपमा पूर्ण रूपले क्षति पुगेको छ । चालक दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा