
कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्ट

July 06, 7:11
धनगढी, असार २१ - कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षतामा विक्रम विष्ट चयन भएका छन् । संघको विशेष साधारण सभाबाट विष्ट निर्विरोध अध्यक्षमा चयन भएका हुन् । आज धनगढीमा भएको विशेष साधारण सभाबाट १५ सदस्यीय जिल्ला कार्य समिति पनि निर्विरोध छानिएको छ । संघको उपाध्यक्षमा बाबुराजा श्रेष्ठ सचिवमा देवनारायण झा र कोषाध्यक्षमा सम्भु लामिछाने चयन भएका छन् । त्यसैगरी संघको सदस्यहरुमा भरत जोशी, अनिल कुमार भुजानिया, रुपक विष्ट, गोविन्दराज जोशी, निरज थापा, लोकवहादुर खड्का, हरि रेग्मी, गणेश रजक, ज्ञानेन्द्र क्षेत्री, हेमराज जोशी र महेश बोहोरा निर्विरोध चयन भएका छन् ।
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
May 22, 5:23
धनगढी ८ जेठ - कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार… विस्तृतमा
May 22, 1:03
धनगढी - कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा धनगढी क्रीकेट… विस्तृतमा