मानव स्वास्थ्यलाई ख्याल गर्न नगरप्रमुखको आग्रह

11
11
July 07, 5:19

धनगढी,२२ असार - धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मानव स्वास्थ्यलाई ख्याल गर्न दुग्ध उत्पादन किसान र डेरी ब्यावसायीहरु सँग आग्रह गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आयोजना गरेको असल उत्पादन अभ्यास तथा दुग्ध निर्देशिका लागु बारे अन्तरक्रिया कार्यक्रम यस्तो आग्रह गरेका हुन । हामी सबै उपभोक्ता हौ नगरप्रमुख वडले भने, उत्पादन गर्ने व्यक्तिको भान्सामा पनि घुमाउरो ढङ्गले कमसल बस्तु पुग्न सक्छ । अरूका लागि भनेर गुणस्तरहीन बस्तु उत्पादन गर्नु भनेको अन्ततः आफूले पनि त्यही बस्तु उपभोग गरेको हुन सक्छ नगरप्रमुख वडले भने, त्यसैले असल उत्पादन गर्न किसान र डेरी ब्यावसायीहरुलाई आग्रह गर्दछु ।
किसान, दुग्ध संकलक र डेरी व्यवसायी बिच सुमधुर सम्बन्ध हुनुपर्ने नगरप्रमुख वडले बताए । किसान, दुग्ध संकलक र डेरी ब्यावसायीहरु एक अर्काका पूरक हुन नगरप्रमुख वडले भने, तर यहाँ कता कता सम्बन्ध राम्रो नभए जस्तो देखियो । नगरप्रमुख वडले किसानहरूलाई माथि उठाउनका लागि डेरी ब्यावसायीहरुले पनि सहयोग गर्नुपर्ने बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई यस्ता विषयमा नियमित छलफल गर्न पनि नगरप्रमुख वडले निर्देशन दिए । 
त्यसै गरी नगरप्रमुख वडले स्वास्थ्य सम्बन्धी शारीरिक तन्दुरुस्ती चेक जाँच शिविरको उद्घाटन गरेका छन् । धनगढी उप–महानगरपालिकाको सहयोगमा सञ्चालित शारीरिक तन्दुरुस्ती चेक जाँच शिविर सबै वडामा सञ्चालन गरिने योजना रहेको नगरप्रमुख वडले बताए ।  धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा.खगेन्द्र बमले नगर्ने रोगका कारण ७० प्रतिशत व्यक्तिको ज्यान गइरहेको बताए । त्यसैले शारीरिक तन्दुरुस्ती चेक जाँच शिविर आवश्यक भएको बताए । 


 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा