kagendra

दार्चुलामा बृहत साहित्यिक महोत्सव

May 31, 12:05

दार्चुला १७ जेठ / दार्चुलामा दुई दिने बृहत साहित्यिक महोत्सवले रौनकता छाएको छ । दार्चुला साहित्य समाजको आयोजनामा शुक्रबारदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको आँगन जिल्ला सदरमुकाम खलंगामा साहित्यिक महोत्सव सुरु भएको हो ।
अमेरिकास्थित तारा किशन फाउन्डेसनका अध्यक्ष तारा धामीको अध्यक्षतामा सुरु भएको महोत्सवमा देशकै चर्चित साहित्यकारहरुका साथै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मरराज जोशी, महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीरलगायत जनप्रतिनिधि, समाजसेवी, साहित्यप्रेमी, बुद्धिजिवस्हरुको उपस्थिति छ ।
महोत्सवमा जिल्लाका नौँ वटै स्थानीय तहका मौलिक संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकार, लेखक तथा प्राज्ञहरुको उपस्थितिले दार्चुलाको वातावरण साहित्यमय बनेको महोत्सवमा सहभागिहरुले बताउनुभएको छ ।
महोत्सवमा शिक्षकद्वय नरेन्द्र बडाल र लाकेन्द्रबहादुर बमको संयुक्त मुक्तक संग्रह ‘छुटेका यादहरु’ विमोचन गरिएको छ । यस्तै साहित्यकार किशन धामीको अंग्रेजी संस्करण एटलान्टिकका भंगालहरुको पनि विमोचन गरिएको लेकम लोकेन्द्र बमले बताउनुभयो ।
जिल्ला बाहिरबाट आएका लेखक र साहित्यकारहरुले दार्चुलाको मौलिक कला र संस्कृतिको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा