kagendra

नेपाललाई पेट्रोल, डिजल, एलपी ग्यास मुक्त देश बनाऔँ : गगन थापा

June 03, 2:49

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गर्नुभएको छ । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराउनुभयो । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो । महामन्त्री थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोभिड र त्यसपछिकाे रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि आकाशिएको छ । आउने दिनहरू झनै चुनौतीपूर्ण हुने सङ्केत गरिरहेको छ । यसलाई हलुका रूपमा नलिन आग्रह गर्दछु । म प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु– युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन । पेट्रोलियम पदार्थमा पूर्वाधार कर घटायौँ । अरू घटाएर भए पनि जनतालाई मूल्यवृद्धिबाट राहत दिनैपर्छ । खपत कम गर्न प्रभावकारी कदम पनि चाल्नुपर्छ । कच्चा तेल ल्याएर रिफाइन गर्ने विकल्पबारे पनि सोचौँ । मेरो अन्तिम कुरा भनेको नेपाललाई पेट्रोल, डिजल, एलपी ग्यास मुक्त देश बनाउन आजैबाट महत्त्वाकाङ्क्षी योजनाका साथ १० वर्षभित्रमा गर्ने भनेर लाग्यौँ भने बाँच्छौँ हामी ।’

महामन्त्री थापाले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने काममा पनि ध्यान दिन सरकारलाई दबाब दिनुभयो । 

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा