kagendra

लुम्बिनीका शिक्षामन्त्री कक्षा १२ को परीक्षा दिँदै

June 04, 10:19

मन्त्री खान मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ र १२ मा भर्ना भएका थिए । शिक्षा संकायमा भर्ना भएका उनले अहिले परीक्षा दिँदैछन् ।

उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ ।मन्त्री खानले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएपनि त्यसपछि गएका छैनन् ।

खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाले मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी भएपनि त्यसपछि नआएको बताए ।

‘पहिलो दिन आएर परीक्षा दिनुभएको हो, त्यसपछि के पर्यो खै आउनुभएको छैन, केही समस्या परेर होकी जानकारी भएन’–शुक्लाले भने । स्थानीय एक नेताले सरकारको नीति तथा कार्यक्रम र बजेटका तयारीमा लाग्नुपरेकाले परीक्षामा आउन नपाएको हुनसक्ने बताए ।

खान नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ४९२०बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । ३९ वर्षीय खानले पुनः अध्ययन थालेपछि यहाँका स्थानीय उत्साहित भएका छन् ।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

शारदा स्कुल धनगढीमा पाँच लाखको अक्षयकोष स्थापना
धनगढी / ललितबहादुर शाहीको परिवारले उनको नाममा पाँच लाखको अक्षयकोष स्थापना गरेको छ। धनगढी… विस्तृतमा
शिक्षकहरुको वार्ता निष्कर्षविहीन
काठमाण्डौँ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका… विस्तृतमा
पढ़ाई निरन्तरता गरि शिक्षकआन्दोलन अघि बढाउनु पर्छ
बाजुरा । देश भर आन्दोलन मा रहेका शिक्षक हरुले घोषणा गरेको केही माग हरु संसोधन गरी संबोधन गरिनु पर्छ… विस्तृतमा
केदारेश्वर मावि डोटीका प्रअ कार्कीलाई 'शिक्षा पुरस्कार…
धनगढी । डोटीको केदारेश्वर माध्यामिक बिद्यालयका प्रधान्याध्यपक गगन सिंह कार्कीलाई 'शिक्षा  पुरुस्कार… विस्तृतमा