कैलालीमा श्रीमान्‌सँग मिलेर पूर्व प्रेमीको हत्या

hatya
hatya
July 10, 6:18

धनगढी - कैलालीमा एक श्रीमतीले श्रीमानसँग मिलेर पूर्व प्रेमिको हत्या गरेकी छिन्। जिल्लाको चुरे गाउँपालिका- ६ मडमा श्रीमान/श्रीमती मिलेर एक जनाको हत्या गरेका हुन्। 

गुल्मी घर भई ज्याला मजदुरी गर्दै आइरहेका अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको हो। 

गत असार २२ गते श्रीमान/श्रीमती मिलेर हत्या गरि सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा प्रहरीले कुँवरको शव फेला पारेको जनाएको छ। कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका लाल बहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कल्पनाका पूर्व प्रेमी रहेका कुँवरको हत्या गरि खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 
ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले असार २२ गते देखि हराएका कुँवर डेरामा नआएपछि स्थानीयले खोजी गरिरहेको जानकारी दिए। 

खोजी गर्दै जाँदा स्थानीयले हत्याको केही प्रमाण देखेपछि प्रहरीलाई जानकारी गराएको उनले बताए। प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखेको छ। घट्ना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा