महिलाको पाठेघर खस्ने समस्या तत्काल न्युनिकरण गर्न आवश्यक : उप–प्रमुख भट्ट
धनगढी, असार २६ - धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले महिलाहरुमा देखिएको पाठेघर खस्ने समस्याले आफुलाई झस्काएको बताईन ।
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको मातृत्व तथा पेरिनेटल मृत्यू सम्वन्धी नगरस्तरीय अभिमूखीकरण कार्यक्रममा उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । सुरक्षित मातृत्व सम्वन्धी चेतनाको अभावले गरिव र बिपन्न महिलाहरु पाठेघर खस्ने समस्या बाट बढी ग्रसित रहेका छन् उप–प्रमुख भट्टले भनिन्, यसका लागि सबै तहबाट जनचेता फैलाउने किसिमका कार्यक्रम संचालन गरिनुपर्छ । उनले वडा अध्यक्ष लगायत सबै जनप्रतिनिधीहरुलाई यस सवालमा गम्भीर भएर काम गर्न आग्रह गरिन ।
महिलाहरुका लागि बच्चा पाएको ४२ दिनको अवधी निकै सम्वेदनशिल हो उप–प्रमुख भट्टले भनिन्, यस अवधीमा महिलालाई सरिरमा आवश्यक पर्ने पोषिलो खानेकुरा आवश्यक पर्दछ । आवश्यकता अनुसारको खानेकुरा नपाउनु र सुत्केरी अवस्थामा आराम नगरि काममा पेलिनु परेका कारण महिलाहरुमा पाठेघर खस्ने समस्या बढेको उप–प्रमुख भट्टले बताईन ।
एक अर्को प्रसंगमा उप–प्रमुख भट्टले असारमा आएर गरिने विकासलाई निरुत्साहित गरिनुपर्ने बताईन । असारे विकास रोकिनुपर्छ उप–प्रमुख भट्टले त्यसको अगुवाई म आफै गर्ने छु ।