धनगढीको दून एकेडेमीले मनायो १३ औँ वार्षिक उत्सव

March 18, 4:54

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर ३ भन्सार रोडमा रहेको दून एकेडेमीले आफ्नो १३ औँ वार्षिक उत्सव मनाएको छ । शनिवार एक कार्यक्रमकाबिच एकेडेमीले १३ औँ वार्षिक उत्सव मनाएको हो ।

एकेडेमीका प्रधानाध्यापक राम प्रसाद उपाध्यायको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथिमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कैलालीका अध्यक्ष टोपेन्द्र शाह रहेका थिए । कार्यक्रममा बोल्दै प्याब्सन कैलालीका अध्यक्ष शाहले धनगढी नगर क्षेत्रभित्र यस एकेडेमीले उत्कृष्ट शिक्षा प्रदान गरिरहेको भन्दै विद्यालयलाई शुभकामनाका साथै धन्यावाद व्यक्त गरे । उनले विद्यालयले शिक्षालाई मात्रै नभई अतिरिक्त क्रियाकलापमा जोड दिएको बताए ।

उनले दून एकेडेमीका पूर्व विद्यार्थीहरू अहिले देशका विभिन्न क्षेत्रमा आबद्ध रहेको बताए । बिध्यार्थीहरुलाई विद्यालयको भरमा मात्रै नपारी अभिभावकहरूले पनि विशेष ख्याल गर्नुपर्ने अनुरोध गरे । स साना विद्यार्थी काँचो माटो जस्तै भएकाले उनीहरूलाई समयमै उत्कृष्ट शिक्षा दिन सकिएन भने उसले अगाडि बढ्न थुप्रै समस्या झेल्न सक्ने भएकाले अहिलेदेखि नै स साना विद्यार्थीलाई उत्कृष्ट शिक्षा प्रदान गर्न सबैको दायित्व रहेको बताए 

१३ औँ वार्षिक उत्सव कार्यक्रममा लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिला बास्कोटा, पूर्व वडा सदस्य नारायण पाण्डे, अभिभावक रिजवाना खातुन, विभिन्न विद्यालयका प्रतिनिधि, अभिभावक र शिक्षकहरूले मन्तव्य राखेका थिए ।  यस्तै वार्षिक उत्सव कार्यक्रममा विभिन्न विद्यार्थीहरूले आ आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा