धनगढीको अस्पताल जन्य फोहर ब्यबस्थापन बारे छलफल

hospital
hospital
July 12, 12:23

धनगढी, असार २७ - धनगढीमा अस्पतालहरुबाट निस्कीने फोहर र त्यसको ब्यबस्थापनका बारेमा शुक्रवार छलफल भएको छ ।
धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले सरकारी तथा निजी अस्पताल, निजी मेडिकल र क्लीनीक, ल्यावहरु संचालक तथा प्रतिनिधीहरु संग छलफल गरेको हो । धनगढी अस्पतालको शहरको रुपमा विकास भैरहेको भएपनि त्यहाँबाट निस्कने फोहर ब्यबस्थापन गर्न समस्या भैरहेको छ ।
धनगढीमा मात्रै झण्डै दर्जन निजी अस्पताल रहेका छन् । प्रदेशकै एक मात्रै सरकारी रिफरल सेती अस्पताल पनि धनगढीमा नै रहेको छ । निजी मेडिकल र क्लीनीक, ल्यावहरु पनि त्यतीकै संख्यामा रहेका छन् । दैनिक ठूलो मात्रमा अस्पतालबाट फोहर निस्कीरहेको भएपनि त्यसको राम्रो संग ब्यबस्थापन हुन सकेको छैन ।
अस्पतालबाट निस्कीने फोहरको ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिरहेका छौं धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले भनिन्, फोहर ब्यबस्थापनका लागि अस्पतालहरु संग सहकार्य गर्न हामी तयार छौं । अस्पतालले जतिसुकै गुणस्तीय सेवा दिन्छु भनेपनि त्यहाँबाट निस्कने फोहरको गुणस्तरीय ब्यबस्थापन नभएसम्म गुणस्तरीय भन्न नमिल्ने बताए ।
धनगढीका निजी अस्पतालहरुले आफुले उत्पादन गरेको फोहर ब्यबस्थापन राम्रो संग गरिरहेको दावी गरेपनि बाटो छेउ र चौक नजिक डंगुर बनाएर राखेको भेटिन्छ । अस्पतालका वार्डहरु, ल्यावहरुबाट निस्कीने फोहरलाई सिधै सडकनालीमा छोडेको देखिन्छ । रगत र मासुका चोक्टा सहितको फोहरले धनगढीको अस्पताल रोड अगाडीको नाली दुर्गन्धीत छ । धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले धनगढीमा अस्पतालबाट निस्कने फोहरको ब्यबस्थापन गर्न समस्या नै भएको बताए । हामीले निजी अस्पतालका प्रतिनिधीहरु शुक्रवार छलफल गरेका छौं डाक्टर बमले भने, फोहर ब्यबस्थापनमा स्थानीय सरकार संगै अस्पताल संचालनको ठूलो जिम्मेवारी रहन्छ । हामीले फोहर उत्पादन गर्ने स्थानीय सरकारले त्यसको ब्यबस्थापन गर्नुपर्छ भन्ने मान्यता यहाँ रहेको छ डाक्टर बमले भने, यस्तो सोचबाट सबैले मुक्त हुनुपर्छ । धनगढीमा झण्डै २५ देखि ३० टन बराबर अस्पतालबाट फोहर निस्कीने गरेको भएपनि त्यसलाई बैज्ञानीक ढंगले ब्यबस्थापन गर्न नसकिएको डाक्टर बमले बताए ।
धनगढी स्थीत निसर्ग हस्पीटलका संचालक कुवेर शाहीले अस्पतालबाट निस्केको फोहर ब्यबस्थापन गर्न निकै समस्या रहेको बताए । अहिले एउटा निजी संस्थालाई मासिक २० हजार भन्दा बढी पैशा तिरेर फोहर उठाउन लगाईरहेको पनि संचालक शाहीले बताए ।  
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा