बाढीपहिरोबाट देभर २२ जनाको मृत्यु, १० जना बेपत्ता

Badhi
Badhi
July 13, 12:02

बिहीबार साँझदेखि परेको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ । हालसम्म खोटाङ, भोजपुर, काभ्रे, काठमाडौं, ललितपुर, पर्सा, बारालगायतका जिल्ला गरी २२ जनाको मृत्यु भएको छ । Image removed.

सबैभन्दा बढी खोटाङ र काठमाडौंमा ३÷३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परेर १० जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका छन् । 

बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए । थापाका अनुसार विभिन्न ठाउँबाट अलपत्र परेका ५० जनाको रेस्क्यू गरिएको छ । 

प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयबाट सम्पूर्ण जनशक्ति, स्रोत साधन परिालन गरि उद्दार कार्य जारी रहेको एसपी थापाले रातोपाटीलाई जानकारी दिए । 

ज्यान गुमाउनेहरु

काभ्रे
बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । 

घटनामा दंगालकी बुहारी ३० वर्षीया सुशीला दंगाल र तीन महिने नातिनी अनुस्का दंगाल घाइते छन् । 

रामेछाप
यस्तै रामेछापमा पनि पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।

भोजपुर
पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको हो । यस्तै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ । 

ललितपुर
अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै अन्य एक व्यक्तिको पनि मृत्यु भएको छ । 

काठमाडौं
उपत्यकाको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भई कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, शर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । 

पर्सा
पर्सामा पनि बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेल रहेका छन् । 

मकवानपुर
मकवानपुरको थाहा नगरपालिका– ३ की बालिका १४ वर्षीया सञ्चना बलामीको पनि बाढीले बगाउँदा मृत्यु भएको छ । 

धादिङ
गजुरी गाउँपालिका–४ दरिमटारमा घर भत्किँदा ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ । 

सिन्धुली
फिक्कल गाउँपालिका–१ झिल्के नयाँ गाउँमा पहिरोले गोठ भत्किँदा ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको छ । 

खोटाङ
खोटाङमा रेखा राई, रोमन राई र रोहन राईको पनि ज्यान गएको छ । वेपत्ता भएका उनीहरुको ५ घण्टापछि शव फेला परेको हो । यस्तै ३० वर्षीया विष्णुकुमारी राई घाइते भएकी छन । 

यस्तै इलाम, झापा, ओखलढुङ्गा, बारामा पनि एक÷एक जनाको मृत्यु भएको छ । उनीहरुको सनाखत नभएको प्रहरीले जनाएको छ । 

१० जना बेपत्ता
प्रहरी प्रधान कार्यालयका अनुसार पाँचथर, झापा, मोरङ, सुनसरी, रौतहट, महोत्तरी, मकवानपुर, धादिङ, काठमडौंमा गरी १० जना बेपत्ता भएका छन् । सुनसरीमा २ जना वेपत्ता छन् । 

1

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा