पारसको विस्फोटक ब्याटिङमा नेपाल विजयी

Nepali Cricket
Nepali Cricket
July 13, 1:03

कप्तान पारस खड्काले उत्कृष्ट पारी खेलेपछि नेपालले मलेसियाविरुद्धको टि-२० शृंखला अन्तर्गतको पहिलो खेलमा ७ विकेटको सहज जित हात पारेको छ। 

पारसले नटआउट ८६ रनको पारी खेलेपछि मलेसियाले दिएको  नेपालले १ सय २९ रनकाे लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर भेटायो। 

प्रदीप ऐरीसँग ओपनिङ गर्न आएका पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे। यस्तै शरद भेषावकरले १६ रन जोडे। शरदले छक्का प्रहार गरी विजयी रन बटुलेका थिए।

चौथो विकेटका लागि पारस र शरदले ६१ रनको साझेदारी गरे। त्यसअघि पाँचौ ओभरको तेस्रो बलमा प्रदीप ऐरी(८)लाई फित्री सामले अनवर रेहमानको हाटबाट क्याच गराएपछि पारससँग उनको ओपनिङ साझेदारी २९ रनमा टुटेको थियो।

दोस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले ७ रनमात्रै जोड्न सके। ज्ञानेन्द्रलाई रेहमानले बोल्ड पारेका थिए। यस्तै तेस्रो नम्बरमा आएका रोहितकुमार पौडेललाई पनि रेहमानले नै ५ रनमा एलबीडब्लुको धरापमा पारेका थिए।  

 

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा भएको खेलमा मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मलेसियाले १२८ रन बनायो।

मलेसिया वीरनदीप सिंह ५७ तथा अहमद फैजले ४५ रन जोडे। त्यसबाहेक फित्री शेहमानले १२ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

मलेसियाका ७ खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। 

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ विकेट लिए।

खेलको म्यान अफ द म्याच कप्तान पारस खड्का चुनिए। नेपालले आइतबार मलेसियासँग दोस्रो टि-२० शृंखला खेल्दैछ।

सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम तयारी स्वरुप नेपालले शनिबार र आइतबार(असार २८ र २९) मलेसियाविरुद्ध दुईवटा खेलको अन्तर्राष्ट्रिय टि–२० शृंखला खेल्दैछन्।

आइसीसी टि–२० वरियतामा नेपाल ११औं स्थानमा छ भने मलेसिया ३५औं स्थानमा छ। 

मलेसियामा १० दिन बिताएर साउन ३ गते नेपाल विश्वकपको एसिया छनौट खेल्न आयोजना स्थल सिंगापुर प्रस्थान गर्नेछ।

एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ६ टोलीले सहभागिता जनाउँदैछन्।

एसिया छनौटमा नेपालको खेल तालिका
साउन ७– नेपाल भर्सेस कतार
साउन ८– नेपाल भर्सेस मलेसिया
साउन ११– नेपाल भर्सेस कुवेत
साउन १२– नेपाल भर्सेस सिंगापुर

टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा टोली ग्लोबल छनौटमा पुग्ने छ।

असोजमा यूएईमा हुने ग्लोबलमा नेपालसहित १४ राष्ट्रले सहभागिता जनाउँनेछन्। त्यसमध्ये ६ राष्ट्रले विश्वकप खेल्न पाउँनेछन्।

ग्लोबल छनौट खेल्ने स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान, आयरल्याण्ड्स, यूएई, पपुवा न्यूगिनी, केन्या, नामिबिया र जर्सी गरी ११ टोलीको टुंगो लागिसकेको छ। त्यसमा नेपाल खेल्ने एसिया छनौटबाट एक टोली र अमेरिका छनौटबाट दुई टोली थपिनेछन्।

नेपाली टोली
कप्तान पारस खड्का, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, पवन सर्राफ, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा