धनगढी उप–महानगरको नीति कार्यक्रम तथा बजेट पारित

Dhangadhi
Dhangadhi
July 14, 3:58

धनगढी, असार २९ - धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक नीति , कार्यक्रम तथा बजेट पारित गरिएको छ ।
आईतबार बसेको नगरसभा बैठकले बार्षिक नीति , कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित गरेको हो । असार ८ गते बाट धनगढी उप–महानगरपालिकाको चौथो नगरसभा सुरु भएको थियो । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले पेश गरेको बार्षिक नीति , कार्यक्रम तथा बजेटमा नगसभा सदस्यहरुले छलफल गरेका थिए । छलफलमा नगरसभाका ७० जनाले भन्दा बढीले छलफलमा भाग लिएका थिए ।  
उप–प्रमुख भट्टले असार ८ गते नगरसभामा १ अर्व ५८ करोड ४८ हजार बजेट पेश गरेकी थिईन । जसमध्य चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार १६६ रुपियाँ ३८ पैशा रहेको थियो । पुँजीगत तर्फ ८१ करोड, ६८ लाख ५ हजार ८ सय ३३ रुपियाँ ६२ पैशा रहेको थियो । नगरपालिकामा कार्यान्वयन हुने तर रातोकितावमा समावेश गर्न नपर्ने अनुदान तर्फको ५७ करोड ४२ लाख यस बजेटमा नसमेटिएको बताईएको छ । समग्रमा बजेट बढेको छ तर यस पटक अनुदान नगरको बजेटमा समावेस नगर्ने परिपत्र भएकोले यस पटक नसमेटिएको बताईएको छ  ।  यस अघि अनुदानको अनुमानीत रकमलाई पनि बजेटमै जोडर राख्ने प्रावधान थियो ।
नगरको नीति , कार्यक्रम तथा बजेट पूर्वाधार विकासमा सुधारीएको सडक, कृषीमा आधुनिकिकरण तथा ब्यावसायीकरणलाई जोड दिएको छ । शिक्षा क्षेत्रमा गुणस्तर ल्याउने, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा संचारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोड, सामुदायीक बनको संरक्षण तथा ब्यबस्थापन र प्राकृतीक बिपद तथा पूर्व तयारी, राहत वितरण, पुर्नस्थापन, पुनःनिर्माणलाई प्राथमिकतामा राखेको छ ।
कृषी तर्फ जैविक खेतीलाई प्रोत्साहन गर्ने, बगरखेतीलाई प्रोत्साहन गर्ने, एक घर दुई बिरुवा कार्यक्रमलाई निरन्तरता दिने, वडा नं १२ मा द्धारिका देवी कृषी अनुसन्धान केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् । पशु विकास तर्फ छाडा पशुचौपयामा भ्याक्सीनेशन, पशुको नस्ल सुधार, पशु विमा लगायतका कार्यक्रम समेटिएका छन् । पर्यटन विकास तर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकिय स्थल जोड्न खरिडोर तयार पार्ने, धनगढीका तालतलैयाहरुको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको पवद्र्धन गर्ने लगायतका कार्यक्रम रहेका छन् । सामाजिक विकास तर्फ वालबालिका किशोर किशोरी संग उप–मेयर कार्यक्रम, शिक्षा तर्फ असहाय र बिपन्न संग मेयर कार्यक्रम, विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालवालिकालाई ‘झिकाउ, टिकाउ र सिकाउ” कार्यक्रम संचालन गर्ने भनिएको छ । योजना तर्जुमा प्रकृया देखि नीति , कार्यक्रम तथा बजेट पारित गर्न सम्म सक्रियता देखाउने सबै नगरसभा सदस्यहरु प्रति आभार ब्यक्त गर्दछु धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने,  नगरवासीका मागहरुलाई श्रोत साधनले भ्याए सम्म समेट्ने प्रयत्न गरिएको छ  । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नगरसभाका सदस्यहरुले दिएका सुझाव तथा गुनासोहरु सम्बोधन हुने गरेर नीति , कार्यक्रम तथा बजेटलाई अन्तीम रुप दिईएको बताईन । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा नगरसभाका सदस्य सचिव नारायण प्रशाद सापकोटाले बार्षिक नीति , कार्यक्रम तथा बजेट माथीको छलफल सौहार्दताका साथ सम्पन्न भएको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा