विश्वकप फाइनल हेर्न लड्समा पुगे गगन थापा

gagan-thapa.
gagan-thapa.
July 15, 1:25

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापा इंग्ल्याण्डमा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनल हेर्न लड्स मैदानमा पुगेका छन्। आइतबार राति भएको खेल हेर्न पुगेको भन्दै नेता थापाले सामाजिक सञ्जाल टुइटरमार्फत फोटोसमेत सार्वजनिक गरेका छन्।

‘न्यूजिल्यान्ड र इंग्ल्याण्डको फाइनल खेल हेर्ने अवसर मिल्यो।’ उनले लेखेका छन्, ‘यसबाट म ज्यादै उत्साहित छु। म मेरो देशका खेलाडीले विश्वकपको फाइनल खेलेको हेर्न चाहन्छु।’ आइतबार राति भएको रोमान्चक खेलमा इंग्ल्यान्डले न्यूजिल्यान्डलाई सुपर ओभरमा हराउँदै उपाधि हात पारेको हो। उसले पहिलो पटक उपाधि जितेको छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा