एसिया कप : भारतविरुद्ध नेपालले कटायो सय रन

September 04, 4:51

एसिया कपमा नेपालले भारतविरुद्ध १ सय रन कटाएको छ। 

श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २१.३ ओभरमा ३ विकेटको क्षतिमा १ सय रन पूरा गरेको हो। 

क्रिजमा आशिफ शेख ४४ र कुशल मल्ल २ रन बनाएर खेलिरहेका छन्।  नेपालले तेस्रो विकेटको रुपमा २० औं ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको थियो। 

१६ औं ओभरको अन्तिम बलमा रविन्द्र जडेजाको बलमा भिम सार्की बोल्ड आउट भए। भिम १७ बलमा ७ रन बनाउँदै आउट भए। त्यसअघि दशौं ओभरको पाँचौ बलमा ओपनर कुशल भुर्तेल ३८ रन बनाएर पवेलियन फर्केका थिए। 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा