पद्म पब्लिक उत्कृष्ट विद्यालयमा छनौट 

Padmabublic MNHSS
Padmabublic MNHSS
July 18, 2:45

डोटी, साउन ३ - डोटीको पद्म पब्लिक मुक्तीनारायण माध्यमिक विद्यालय देशको उत्कृष्ट नमुना विद्यालयको सूचिमा छनौट भएको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले देशकै उत्कृष्ट नमुना विद्यालयको सार्वजनिक गरेको सुचि अनुसार उक्त विद्यालय छनौट भएको हो । 
दिपालय सिलगढी नगरपालिका वडा नं. ६ मा रहेको सबै भन्दा पुरानो विद्यालयको रुपमा रहेको उक्त विद्यालय छनौट भएकोमा विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थि तथा आम अविभावकहरुलाई नगरप्रमुख मन्जु मलासीले बधाई दिनु भएको छ ।

जारी भएको सूचना अनुसार मन्त्रीस्तरको मिति २०७६ अषाढ २७ गतेको निर्णयले देश भरका ८४ विद्यालयहरुलाई उत्कृष्ट नमुना विद्यालयको रुपमा छनौट गरेको हो । छनौटमा परेका विद्यालयहरुलाई नमुना विद्यालय विकास एंव संचालन निर्देशिका २०७४ पहिलो संशोधन २०७५ अनुसार आबश्यक तयारी गर्न समेत निर्देशन दिईएको छ । डोटीका ९ स्थानिय तहहरु मध्ये दिपालय सिलगढी नगरपालिकामा रहेको उक्त विद्यालय देशको उत्कृष्ट नमुना विद्यालयमा परेकोले नगरपालिकालाई थप जिम्मेवारी थपिएको महशुस भएको नगर युवा शिक्षा तथा खेलकुद शाखाका प्रमुख मन्जु थापाले बताउनुभयो । थापाले भन्नुभयो, “नगरका सबै विद्यालयलाई नमुना विद्यालय बनाउने अभियानमा हामी लागि रहेका छौ । नगरका हरेक विद्यालय उत्कृष्ट हुने छन्, नमुना विद्यालय हुने छन् ।” 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा