बाजुरामा जीप दुर्घटना : २ जनाको मृत्यु, ११ घाइते

1
1
July 19, 11:52

बाजुरा, ३ साउन– बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान सवा ९ बजे बाजुराको तिलुचौरबाट कालिकोट जाँदै गर्दा भुवाखोलाको उकालो चढ्ने क्रममा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा जिपका चालक कैलालीको टिकापुर नगरपालिका २६ वर्षीय रमेश बोगटी र मुगुको खत्याड गाउँपालिकाका २४ वर्षीय रामबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी हवल्दार गणेश बमले जानकारी दिए ।

घाइतेहरुको अहिले घटनास्थलमै प्राथमिक उपचार भइरहेको छ । उनीहरुको उद्धारका लागि गृहमन्त्रालयमा सम्पर्क गरी हेलिकप्टर मगाइएको प्रहरीले जनाएको छ। जिप सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा