ललित राजवंशीलाई ब्याट उपहार दिने अनुपम मित्तलको घोषणा

September 12, 2:27

काठमाडौं,२६ भदाै । भारतीय उद्यमी अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई ब्याट उपहार दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल एक्समा आईसीसी एसिया क्रिकेट नामक ह्यान्डलबाट ललितबारे भएको पोस्टमा प्रतिक्रिया दिँदै ब्याट दिने बताएका छन्।
उक्त पोस्टमा ललितले हालैको एक अन्तर्वार्तामा आफूसँग नेटमा अभ्यास गर्नका लागि ब्याट भएको तर अन्तर्राष्ट्रिय खेलका लागि राम्रो ब्याट नभएको बताएको उल्लेख थियो।
उक्त पोस्टमा मित्तलले राजवंशीलाई ब्याट दिने बताएका हुन्। जसमा आईसीसी एसिया क्रिकेटले प्रायोजनका लागि अनुरोध गर्दा ललितसँग सम्पर्क गराइदिन आग्रह गरेका छन्।
मित्तल सादी डटकमका संस्थापक हुन्। उनी भारतको चर्चित रियालिटी सो सार्क ट्याङ्क इन्डियामा समेत छन्। उनले सार्क ट्याङ्कमार्फत ६० भन्दा बढी कम्पनीमा लगानी गरिसकेका छन्।
एसिया कप २०२३ मा नेपालले भारत र पाकिस्तानसँग खेलेपछि नेपाली खेलाडीबारे भारतमा चासो व्यक्त भइरहेको छ।

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा