नेपाल क्रिकेट संघको निलम्बन फुकुबारे आईसीसी मौन

icc
icc
July 19, 11:55

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि ३ वर्षदेखिको निलम्बन फुकुवा गर्ने सम्बन्धमा छलफल नै प्रारम्भ गरेको छैन ।  बिहीबार लण्डनमा बसेको आईसीसीको बोर्ड बैठकले अन्य विषयमा निर्णय गरे पनि क्यान निलम्बनबारे कुनै छलफल गरेन ।

आईसीसीले जिम्बाबे क्रिकेट संघलाई निलम्बन गर्ने निर्णय बिहीबारको बोर्ड बैठकले गरेको छ । जिमब्बाबे सरकारको हस्तक्षेप बताउँदै आईसीसीले तत्काल कार्यन्वयन हुने गरि त्यहाँको क्रिकेट संघलाई निलम्बन गरेको हो ।

यसअघि नेपाल क्रिकेट संघको निलम्बन फुकुवार जुलाइमा हुन सक्ने अनुमान लगाइएको थियो । जुलाइ बैठकबाट निलम्बन फुकुवा वा कुनै नयाँ प्रक्रियाबाट अगाडि बढ्ने गरी आईसीसीले नयाँ विकल्प दिन सक्ने आकलन क्रिकेट विश्लेषकले गरेका थिए । तर, त्यसो हुन सकेन । आईसीसीले अन्य धेरै विषयमा निर्णय गरे पनि नेपालबारे भने छलफल नै प्रारम्भ गरेको छैन ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले नेपाललाई २०७३ सालको वैशाखमा निलम्बन गरेको थियो । त्यसयता नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सफलता हात पारिरहँदा क्यानमाथिको निलम्बन भने हटेको छैन । अहिले आईसीसीले ५ सदस्यीय स्वतन्त्र कमिटी बनाएको छ । उक्त कमिटीले अहिले क्यानको जिल्ला निर्वाचन लगायतको काम गरिरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा