धनगढीका वडातहमा शारिरिक तन्दुरुस्ती शिविर संचालन 

Fit
Fit
July 21, 6:27

धनगढी, साउन ५ - धनगढी उप–महानगरपालिकाको वडा तहमा रीरिक तन्दुरुस्ती चेक जाँच शिविर सुरु गरेको छ ।
आईतबार वडा नं १ स्थीत सरस्वती आधारभूत विद्यालयमा चेकजाँच शिविर सुरु भएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं २ मा ७ र ८ गते, वडा नं ३ मा ९ र १० गते, वडा नं ४ मा ११ र १२ गते, वडा नं ५ मा १३ र १४ गते , वडा नं ६ मा १५ र १६ गते, वडा नं ७ मा १७ र १८ गते, वडा नं ८ मा १९ र २० गते, वडा नं ९ मा २१ र २२ गते , वडा नं १० मा २३ र २४ गते शिविर संचालन गरिने छ ।
त्यसैगरी वडा नं ११ मा २५ र २६ गते, वडा नं १२ मा २७ र २८ गते, वडा नं १३ मा २९ र ३० गते, वडा नं १३ मा ३१ र ३२ गते , त्यसैगरी वडा नं १४ मा भदौ १ र २ गते, वडा नं १५ मा ३ र ४ गते, वडा नं १६ मा ५ र ६ गते, वडा नं १७ मा ७ र ८ गते, वडा नं १८ मा ९ र १० गते र वडा नं १९ मा ११ र १२ गते गरी हरेक वडामा २ दिन शिविर चल्ने छ । नगरबासीको निशुल्क स्वास्थ्य परिक्षण गर्नका लागि शिविर संचालन गरिरहेका छौं नगरप्रमुख वडले भने, यस शिविरबाट बढी भन्दा बढीलाई सेवा लिन म आग्रह गर्दछु । धनगढी उप–महानगरपालिकाको सहयोग तथा सुदूरपश्चिम एकेडेमीको आयोजनामा शिविर संचालन भैरहेको हो । 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा