हावाहुरी पिडितलाई सनराईज बैंकको डेढलाख सहयोग

11
11
July 22, 2:51

धनगढी, साउन ६ - जेठ २३ गते आएको हावाहुरी पिडितहरुलाई राहत वितरणका लागि सनराईज बैंकले सोमबार सहयोग गरेको छ ।
सनराईज बैंक प्रदेश कार्यालय धनगढी प्रमुख सुरेन्द्र शाही र शाखा प्रवन्धक धर्म बिष्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटालाई हावाहुरी पिडितका लागि भन्दै डेढ लाखको चेक हस्तान्तरण गरेका हुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले हावाहुरीको घाउमा मलम लगाउनका लागि सहयोग गर्ने सनराईज बैंक प्रति आभारी भएको बताए । उनले भने, सबै सहयोगि हातहरुलाई धन्यवाद दिन चाहन्छु । 
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले मंगलबार देखि सबै वडातहमा नै हावाहुरी पिडितलाई राहत वितरण गरिने बताए ।
सनराईज बैंक प्रदेश कार्यालय धनगढी प्रमुख सुरेन्द्र शाही बिपदमा परेकाहरुलाई सहयोग गर्नु सबैको दायत्वि भएको बताए  । मानवीयता र सामाजिक उत्तरदायीत्वका क्षेत्रमा सनराईज एसिया बैंकले सधै सहयोग गर्ने बताए ।
 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा