धनगढीमा ९ गतेबाट एक्सपर्ट ईन्टर कलेज फुटसल 

Footsal
Footsal
July 23, 1:26

धनगढी, साउन ७ - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा एक्सपर्ट ईन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । साउन ९ र १० गते धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा प्रतियोगिता हुन लागेको आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । 
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले स्नातक तहमा पढ्ने छात्र र छात्राको फुटसल प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 
प्रतियोगिताको छात्र छात्रा तर्फका विजेताले नगद १० हजार सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएस शत प्रतिशत छुटमा पढ्न पाउनेछन् । छात्र र छात्रा तर्फका उपविजेताले नगद ५ हजार सहित सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएसमा ५० प्रतिशत छुटमा पढ्न पाउनेछन् ।
 सहभागी कलेजहरुको टुङगो लागेपछि वुधवार खेल तालिका सार्वजनिक गर्ने आयोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले बताउनुभयो । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलियामा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि पठाउने गरेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा