kagendra

बजारमा टिमुरको माग बढ्दै, जङ्गलमा खेर जाँदै

November 03, 10:53

बाजुरा । जिल्लाबाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बाजुराका अधिकांश जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ ।  यहाँका स्थानीयले टिमुरका बारेमा खासै चासो नदेखाउँदा विभिन्न वनजङ्गल आफैँ फलेको टिमुरमा त्यत्तिकै खेर जाने गरेको हो । 

घरमा प्रयोग गर्नका लागि थोरै ल्याउने गरेको भए पनि बजार बिक्री गर्र्ने गरी टिमुर टिप्ने नगरेको छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका स्थानीय बने रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा बिक्री हुँदैन । बाहिर लिएर बेच्न सकिँदैन । त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यत्तिकै खेर जाने गरेको हो ।”

बजारमा प्रतिकिलो दुई सयदेखि तीन सय रुपियाँ पर्ने टिमुरको मेहनत गरे अनुसार मूल्य नपाउँदा टिप्नै छोडेको रोकायाले बताउनुभयो । बाजुरामा टिमुरको मूल्य राम्रो नहुँदा यहाँका अधिकांश स्थानीयले सामान्य तरिकाले घरमा प्रयोग गर्न मात्र टिप्ने गर्दछन् । 

तर बजारमा बेच्नका लागि खासै नटिप्ने गरेको स्थानीय बताउँछन् । हिउँदको महिना रुघाखोकी लागेको बेला ताँतो पानीसँगै टिमुरको धुलो हालेर खाने गरेपछि रुघाखोकी निको हुने गर्छ । 

त्यति मात्र होइन अहिले प्रत्येक दिनमा खाना र चटनीमा पनि टिमुर प्रयोग हुँदै आएको छ । नेपालमा वार्षिक सरदर एक हजार दुई सय किलो टिमुरको तेल उत्पादन हुने अनुमान गरिएको छ । एक हेक्टर जग्गामा दुई हजारदेखि चार हजार किलो टिमुर फल्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ  ।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा