kagendra

रासायनिक मलको कोटा निर्धारण

November 08, 12:12

कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउन कोटा निर्धारण गरिएको हो। कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले नगरपालिकालाई रासायनिक मल डिएसपीको एक हजार छ सय ७७ बोरा (आठ हजार तीन सय ८१ मेट्रिक टन) कोटा छुट्याएको छ ।

नगरपालिकामा दर्ता भई रासायनिक मलको कारोबार गर्ने सहकारीलाई व्यवस्थित तरिकाले किसानसम्म मल पुर्‍याउनका लागि कोटा निर्धारण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो ।

नगरपालिकामा दर्ता भएका २२ वटा सहकारीले रासायनिक मलको कारोबार गर्दै आएका छन् । “सहकारीमा आबद्ध सदस्य र किसानको सङ्ख्यालाई ध्यानमा राख्दै कोटा निर्धारण गरेका छौँ”, कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले भन्नुभयो, “थोरै सदस्य भएका सहकारीलाई थोरै कोटा निर्धारण गरिएको छ ।”

सहकारीलाई कम्तीमा एक सय २५ देखि अधिकतम एक सय ५४ बोरासम्म पाउने गरी कोटा निर्धारण गरिएको उहाँको भनाइ छ । नगरपालिकाले सहकारीलाई कोटा निर्धारण गरी मल वितरण गर्दै आए पनि केही सहकारीमा सञ्चालकमा आबद्ध सदस्यलाई मात्रै रासायनिक मल उपलब्ध गराउँदा सहकारीमा आबद्ध नभएका किसानले मल नपाउने गरेको गुनासोसमेत रहेको छ ।

नगरपालिका क्षेत्रमा कोटा निर्धारण गरिएभन्दा बढी रासायनिक मल डिएसपीको खपत हुने गरेको छ । झन्डै नगरपालिका क्षेत्रका किसानले प्रतिवर्ष रासायनिक मल डिएसपीको १३ हजार मेट्रिक टनको माग गर्दै आएका छन् । कोटाको थोरैमात्रै मल आउँदा चर्को मूल्य तिर्दै किसानले भारतीय गुणस्तरहीन मलको प्रयोग गर्न बाध्य छन् । रासस

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य…
टीकापुर ।  कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका… विस्तृतमा
उखु खेतीबाट मनग्य आम्दानी
कञ्चनपुर । वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका-१२ कालगौँडीका… विस्तृतमा
यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य
धनगढी,१८ भदौ ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस… विस्तृतमा
केरामा फेला पर्‍यो ‘पानामा टीआरफोर’ रोग
टीकापुर,०६ भदौ । केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक… विस्तृतमा