kagendra

बानेगाउँ बहाडीडाँडा खाउँ भन्या पानी नाइँ

November 09, 11:28

बाजुरा /“बानेगाउँ बहाडीडाँडा, खाउँ भन्या पानी नाइँ । 

                                                                                  हात समाई साइ सक्नेनाइ जाउँ भन्या बानीलाई ।। ”

माथि उल्लेखित देउडा गीत बाजुराको बानेगाउँको समस्याप्रति लक्षित छ । बार्जुकोट भुक्तोली दसैँमा जिल्लाका विभिन्न गाउँबाट मेला हेर्न आउने छो¥याट्टा (केटा), छो¥याट्टी (केटी) ले देउडा खेल्ने बेला बानेगाउँलाई सम्झने गर्छन् । 

छो¥याट्टी बानेगाउँमा बिहे गर्न इच्छुक भए पनि पानीको समस्या देखाउँदै बिहे नगर्ने इच्छा जाहेर गर्छन् र भन्छन्–हात समाएर लैजाने तिम्रो शक्ति छैन, आफैँ जान मेरो मनले मान्दैन । बुढीगङ्गा नगरपालिका–४, बानेगाउँमा वर्षांैदेखि खानेपानीको अभाव रहेको छ । 

यस गाउँमा बुहारी भएर गएपछि पानी ल्याउन सास्ती हुने भन्दै केटीले बानेगाउँका (केटालाई यस्तो देउडामार्फत हेप्ने गर्छन् । बानेगाउँ देख्दा निकै 

मनमोहक र आकर्षक छ । अन्य कुरामा पनि त्यति सुन्दर छ ।  तर अग्लो डाँडामाथिको सो बस्तीमा खानेपानीको समस्या यहाँका स्थानीयले झेल्दै आएका छन् । यहाँ नजिक कतै मुहान छैन । त्यसैले यहाँ खानेपानीको अभाव भएको स्थानीय बानेगाउँवासी बताउँछन् । 

टाढादेखि पानी ल्याएर खानुपर्ने बाध्यता रहेको छ । यहाँका स्थानीय बुढापाखाले बानेगाउँको पानीको पीडा देउडा गीतबाट व्यक्त हुने गरेको बताउँछन् । २०५२ सालमा बेडुघाँटीबाट (करिब तीन किलोमिटर टाढादेखि) बानेगाउँमा खानेपानी ल्याइएको थियो । 

सो योजना मर्मतसम्भारको अभावमा पटक पटक बिग्रिने गरेपछि बानेगाउँमा अहिले पुनः खानेपानीको अभाव हुने गरेको छ । स्थानीय समाजसेवी गोमती कटुवाल गाउँमा खानेपानीको समस्या नहटेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “२०५१ साल पहिला यहाँका महिलाले कुवाको पानी ल्याउने गरेका थिए । २०५२ सालमा गाउँमा खोनपानी धारा निर्माण भएपछि केही सहज भएको थियो ।” महिलाहरूले मध्यरातमा उठेर टाढाबाट पानी ल्याउनु दिनचर्या जस्तै बन्दै गएको थियो । 

यस गाउँमा २५० घरपरिवार र एक हजार दुई सय ५० जनसङ्ख्या रहेको छ । अहिले गाउँमा खानेपानीको अभाव भएसँगै शौचालयसमेत फोहर बन्दै गएको कटुवालले बताउनुभयो ।  गाउँमा पहिले निर्माण गरिएका सात वटा धारा छन् । ती धारामा पनि कहिले पानी आउने र कहिले नआउने गरेको भनाइ उहाँको छ । स्थानीय पुनः पिपल तोलाको कुवाको पानी खान बाध्य भएका छन् ।”

कहीँ कतैबाट खानेपानीको पाइप र ट्याङ्की मर्मत हुन नसकेपछि गाउँमा पानीको अभाव हुँदै गएको बेडुघाँटी खानेपानी निर्माण समितिका अध्यक्ष जयबहादुर कटुवालले बताउनुभयो । यता एक घर एक धारा अभियान अन्तरर्गत दुई वर्ष पहिला खानेपानी योजना सुरु भएको चुरेपानी खानेपानी योजना निर्माण समितिका अध्यक्ष गोरख खत्रीले बताउनुभयो ।

“प्रदेश तथा सङ्घीय खानपानीबाट पञ्चवर्षीय योजना अन्तर्गत सो योजना सुरु भएको हो । त्यो योजनाको काम निरन्तर भइरहेको छ । दुई वर्षभित्रै गाउँमा एक घर एक धारामा पानी सुचारु हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।” बेडुघाँटी खानेपानीको मुहान धेरै टाढा भएकाले अज्ञात व्यक्तिले पाइप काटकुट गरिदिने भएकाले गाउँमा बारम्बार खानेपानीको अभाव हुँदै आएको छ । यो नयाँ योजना सम्पन्न हुने बित्तिकै खानेपानीको समस्या नहुने अध्यक्ष खत्रीले बताउनुभयो । बानेगाउँमा एक घरमा एक धारा निर्माण गर्ने गरी २०७८ सालबाट नै बृहत् खानेपानी निर्माण कार्य सुरु भएको बुढीगङ्गा नगरपालिका–४ का वडाध्यक्ष मीनबहादुर शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानीको मुहानका लागि अर्को पक्षसँग विवाद भएकाले काममा ढिलाइ भएको हो ।” विवाद सम्पन्न भएपछि चाँडै नै गाउँमा खानेपानीको सुविधा हुने शाहले बताउनुभयो । स्थानीयवासी भने गाउँमा जे जस्तो योजना लागु भए पनि बानेगाउँमा खानेपानीको समस्या समाधान हुनेप्रति शङ्का लागेको बताउँछन् ।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा