बैतडीमा ८ वर्षीया बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला

Dead
Dead
July 25, 5:43

बैतडी - बैतडीमा ८ वर्षीया बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ । गएको असार १८ गतेदेखि वेपत्ता रहेकी ८ वर्षीया बालिका कल्पना भुल भनिने कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको हो ।

जिल्लाको दोगडाकेदार २ ढिकगाड घर भई दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडामा बुबासँगै बस्दै आएकी बालिकाको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

कलावती अध्ययनरत ईश्वर आधारभूत विद्यालयको माथिपट्टी भीरको छेउमा रहेको खोल्सामा कलावतीको शव भेटिएको उनले बताए । बाख्रा चराउने बेला स्थानीय महिलाले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाले खबर गरेपछि आफुहरु घटनास्थलमा पुगेको र त्याहा बालिकाको शवको केही अस्थीपञ्जर मात्रै भेटिएको प्रवक्ता पातलीले बताए ।

उनले कसैले हत्या गरेको हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने बारे अहिले नै केहि भन्न नसकिने बताए । घटनाको अनुसन्धान गरिरहेका प्रहरीले शवको अस्थीपञ्जर मात्रै बाँकी रहेकाले अनुसन्धानमा कठिनाई भैरहेको बताएका छन् ।

कलावतीका बुवा खडक सार्की मजदुरी गर्दै आएका छन् । खडकका अनुसार बालिकालाई असार १८ गते बिहान विद्यालय पुर्याएपछि बेपत्ता भएकी थिइन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा