निर्मला हत्याकान्डका दोषीलाई पक्राउ गर्न नसक्नु सरकारको ठूलो असफलता – कांग्रेस

Congress
Congress
July 25, 6:23

काठमाडौं, साउन ९ - नेपाली कांग्रेसले कन्चनपुरकी बालिका निर्मला पन्त हत्याकान्डका दोषीलाई एक वर्षसम्म पनि पक्राउ गर्न नसक्नु सरकारको ठूलो असफलता भएको जनाएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सन्चारकर्मीहरुसित कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले निर्मलाको बलात्कार-हत्यामा संलग्नलाई कारबाही गर्नुको सट्टा घटना भएको वर्ष दिन पुग्दैगर्दा गृहमन्त्रीबाट आएको गैरजिम्मेवार अभिव्यक्तिलेसमेत सरकार अपराधीको संरक्षणमा लागेको छ भन्ने पुष्टि गरेको आरोप लगाए ।

उनले तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याउनसमेत माग गरे ।

प्रस्तावित शुल्क घटाउने

कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमावलीमा प्रस्तावित शुल्क घटाउने र नियमावली मस्यौदा समितिले नै नियमावलीलाई सर्वसम्मतरुपमा अन्तिमरुप दिने निर्णय गरेको छ ।

बैठकमा पार्टीको अन्तरकालीन अधिवेशन गर्दै केन्द्रीय महाधिवेशनका लागि आवश्यक प्रक्रिया थाल्ने गरी छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए ।

कांग्रेसले बाढी–पहिरोपीडितको उद्धार र राहतमा लाग्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा