धनगढीमा एक्सपर्ट ईन्टर कलेज फुटसल प्रतियोगिता सुरु 

11
11
July 25, 6:29

धनगढी, साउन ९ - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा आजदेखि धनगढीमा एक्सपर्ट ईन्टर कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा प्रतियोगिता सुरु भएको हो । छात्रा तर्फ आज लिग चरणका दुई खेल सम्पन्न भएका छन भने छात्र तर्फ ६ वटा खेल सम्पन्न भएका छन् । 
छात्रा तर्फको पहिलो खेलमा सुदुरपश्चिमाञ्चल एकेडेमी र दोस्रो खेलमा कैलाली वहुमुखी क्याम्पसको बीबीएम बी टीम विजयी भएका छन् । दुबै टोली समान रुपमा पेनाल्टी सुट आउटमा १–० ले विजयी भए । सुदुरपश्चिमाञ्चल एकेडेमीले नेपाल वेष्टर्न एकेडेमीलाई र वहुमुखी क्याम्पसले ऐश्वर्य वहुमुखी क्याम्पसलाई हराएको हो । निर्धारित समयमा दुवै खेलमा कुनै पनि टोलीवाट कुनै पनि गोल नभएपछि पेनाल्टीबाट नतिजा निकालिएको हो । छात्रा तर्फ ५ टोलीको सहभागीता रहेको छ । 
छात्र तर्फ भएको उद्घाटन खेलमा कैलाली बहुमुखी क्याम्पस बीबीएम बी ले नाष्ट उच्च मावि (राकेश)लाई ६–३ ले हरायो । पहिलो दिनको अर्को खेलमा कैलाली बहुमुखी क्याम्पस बीबीएम ए लाई नेपाल वेष्टर्न एकेडेमीले ९–० ले किनारा लगायो । कैलाली बहुमुखी क्याम्पसले नाष्ट उच्च मावि (दिनेश) लाई १४–० को फराकिलो अन्तरले हरायो । कैलाली बहुमुखी क्याम्पस बीबीएस बी ले नाष्ट उच्च मावि (सुरज) लाई १–० को झिनो अन्तरले किनारा लगाउँदा कैलाली बहुमुखी क्याम्पसले नेपाल वेष्टर्न एकेडेमी (हिक्मत) लाई १६–१ को फराकिलो अन्तरले हराएर दोस्रो चरणमा पुग्यो । वेष्टर्न ईन्टरनेशनल कलेजले नाष्ट उच्च मावि (विनोद) लाई ६–१ ल्े पराजित ग¥यो । पहिलो चरणको अन्तिम खेलमा सुदुरपश्चिमाञ्चल एकेडेमीलाई कैलाली बहुमुखी क्याम्पस बीबीएम ए ले ६–५ को अन्तरले हरायो । 
स्नातक तहमा पढ्ने छात्र र छात्राका टोलीले फुटसल प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको छात्र–छात्रा तर्फका विजेताले नगद १० हजार सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएस शतप्रतिशत छुटमा पढ्न पाउनेएक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले जानकारी दिनुभयो । छात्र र छात्रा तर्फका उपविजेताले नगद ५ हजार सहित सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएसमा ५० प्रतिशत छुटमा पढ्न पाउनेचौधरीले बताउनुभयो । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलियामा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि पठाउने गरेको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा