धनगढीमा सञ्चालन हुने भयो कपडा बैंक 

D
D
July 27, 6:44

धनगढी, साउन ११ - धनगढी उप–महानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा कपडा बैंक सञ्चालन हुने भएको छ । धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाख लगानीमा कपडा बैंक सञ्चालन गरिने भएको हो। मंसिरदेखि बैंकको भवन निर्माण सुरु भएकोमा अहिले सम्पन्न भईसकेको छ भने भोलीदेखि लगाउन मिल्ने पुराना कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जिवनमा प्रयोगमा आउने सामान संकलन गर्न सुरु गरिने भएको हो। अनाथ तथा गरिब व्यक्तिले त्यस्ता कपडा सित्तैमा लैजान पाउनेछन्। आईतवारदेखि कपडा संकलन सुरु गरिने र केही दिनपछि औपचारिक उद्धघाटन गर्दै कपडा वितरण गरिने कपडा बैंक सञ्चालक मध्येका एक गोपाल हमालले बताए। जो कोहीले पनि कपडा लगायतका सामान ल्याएर दिनसक्ने भएकाल बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसम अनुसार कपडा उपलब्ध गराउन मद्दत पुग्ने उनले दावी गरे। 
‘एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने सहरमा धेरै मान्छे छन्, नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन्,’ हमालले भने, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं।’ बाढी, पहिरो, आगलागी पीडितलाई पनि यस्तो सहयोग प्रभावकारी हुने उनको धारणा छ। स्वयसेवी कार्य भएकाले बैंकको बारेमा सवै नगरवासीलाई प्रचार–प्रशार गरिदिन समेत हमालले अपिल गरेका छन् । लगाउन र प्रयोग गर्न मिल्ने कपडा, जुत्ताचप्पल, झोला लगायत सामान दिन इच्छुक हुनेले ज्ञानु शाह (९८६४३१०७१५ ) लाई सम्पर्क गर्न सक्नेछन्। 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा