Dhangadhi Corona
ad

कैलालीको गोदावरीमा चिर्पटले हानेर छोराले गरे आफ्नै बुवाको हत्या

File Pfoto
July 29, 11:51

अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ५ मा एक युवकले चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका छन् । गोदावरी नगरपालिकाको वडा नं ५ र्बबाटामा गएराति करिब सवा नौ बजेको समयमा छोरोले दाउराको चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका हुन् ।

३० बर्षका छोरा राम सिं कुमालले दाउराको चिर्पट प्रहार गर्दा आफ्नै बुवा ६० वर्षीय अम्मर सिं कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रातिको समयमा समान्य घरायसि विवाद भए पछि छोरोले बुवा माथि चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्रहारवाट गम्भिर घाईते भएका अम्मर सिं कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पतालमा पुञ्याइएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको हो । घटना पछि तुरुन्त घटना स्थलमा पुगेको  ईलाका प्रहरी कार्यालय मालाखेतीको टोेलीले हत्या गरी फरार रहेको छोरा राम सिं कुमाललाई दुई घण्टा मै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरिले जानकारी दिए ।

हत्या गरी फरार रहेको कुमाललाई घटना भएको २ घण्टा भित्रै गोदावरी नगरपालिका वडा नं १ धनगढी रोडको सब्जी मण्डी नजिकै लुकेर बसेको अबस्थामा पक्राउ गरिएको उनले बतए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Alternative text

सम्बन्धित वर्गका समाचारहरू

 ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको निर्णय
 काठमाडौं,असार ३ –  कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र… विस्तृतमा
देशभर मनसुनी वायुको प्रभाव कायमै, भारि वर्षा हुने सम्भावना
कैलाली असार, ३  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि  पूर्ण बदली रहने छ… विस्तृतमा
१ हजार युवालाई प्राविधिक तालिम, ३३ करोड रुपैयाँ विनियोजन
कैलाली,असार ३ ।  सुदूरपश्चिम प्रदेश सरकारले युवालाई स्वरोजगार बनाउने उद्धेश्यले १ हजार युवालाई… विस्तृतमा
बैतडीमा सडक खनेर जमिनमा गाभेको भन्दै यातायात ब्यबसायी आन्दोलित…
तिलक बहादुर चन्द, बैतडी असार ,२ बैतडीमा सडक खनेर जमिन बनाएपछि यातायात ब्यबसायी आन्दोलित भएका छन। … विस्तृतमा