डोटी सलेनामा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन

Salena
Salena
July 29, 10:10

मोहन पनेरु, डोटी, साउन १३ - डोटीको केआईसिंह गाउपालिकाको वडा नं ७ सलेनामा आधारभुत स्वास्थ्य केन्द्र सोमबारबाट सुरु भएको छ । स्वास्थ्यसेवाको पहुँचबाट बञ्चित रहेका सेवाग्राहीहरुलाई ध्यानमा राखि गाउपालिकाले आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेको हो । गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले स्वास्थ्य केन्द्रको सोमबार औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । 
लामो समयको पहलपछि गाउपालिकाले वडा नं ७ मा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेको अध्यक्ष शाहीले बताए । 
वडा नं ७ का वडाध्यक्ष हर्क बहादुर बिष्टले आधारभुत स्वास्थ्य केन्द्रलाई व्यवस्थित र उपकरण तथा साधनस्रोत सम्पन्न बनाउने आफ्नो सपना रहेको बताए । बिष्टको सभापतित्वमा उद्घाटन शत्र सुरु भएको थियो । 
कार्यक्रमका बिशिष्ट अतिथी रहेका वडा नं ६ का वडाध्यक्ष दिलीप सिं बलायरले आफ्ना तर्फबाट वडा नं ७ मा स्थापना गरिएको आधारभुत स्वास्थ्य केन्द्रका लागि आवश्यक सहयोगका लागि तयार रहेको बताए । स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले निशुल्क उपलब्ध गराउदै आएको औषधीहरु, बिभिन्न खालका रोगहरुको प्राथमिक उपचार हुने भएकाले स्थानियलाई सक्दो सेवाका लागि आफु तयार रहेको आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख अर्जुन बलायरले प्रतिबद्धता गरेका छन् । 
उद्घाटन कार्यक्रममा स्थानियबासीको तर्फबाट नव बिहानी बहुउदेश्यीय सहकारीका ब्यवस्थापक लोक बहादुर बलायरले स्वास्थ्य केन्द्र स्थापना हुनु आफुहरुका लागि खुसीको कुरा रहेको बताए । स्थानियको स्वास्थ्यमा सुधार आउने आशा रहेको उनले जानकारी दिए ।

Image removed.

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा