सुचना पाउन असहज भएको गुनासो 

FMDC
FMDC
July 31, 7:00

मोहन पनेरू, डोटी, साउन १५ - विकास र सामाजिक परिवर्तनका लागी संचार (एफएमडिसी) ले धनगढीबाट सुरु गरेको सुचनाको हकको अभियान (आरटीआई क्याराभान) मँगलवारमा डडेल्धुरा पुगेको छ ।
डडेल्धुरामा आयोजित कार्यक्रममा डडेल्धुरा स्थित  नागरिक समाज तथा पत्रकारहरुले जिल्लामा खोजेका बेला सुचना  असहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् ।पत्रकार आशिष मल्लले डडेल्धुराका विभिन्न सरकारी कार्यलयहरुका वेवसाईटहरुमा नयाँ सुचना अपडेट नहुँने गरेको बताए ।यस्तै टेलिभिजनकर्मि हर्क चन्दले नगरपालिका तथा अन्य कार्यालयमा सुचनाको माग गर्दा पनि नदिने गरेको बताए । अभियानमा सुदूरपश्चिम प्रदेशका एकहजार आरटि आई अभियानकर्ता बनाउने लक्ष्य राखिएको छ ।
नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मान बहादुर साँउदले सुशासन मैत्री समाज निर्माण गर्नका लागी सुचना निकै महत्वपुर्ण औजार भएको बताउँदै आरटिआई क्याराभान निकै समयसान्दर्भिक भएको बताए ।
गैर सरकारी संस्था महासंघ नेपाल डडेल्धुराका सचिवले समाजका राम्रा नराम्रा घटनाहरुबारे सचेत गराउनका लागी सामाजिक सञ्जाल, बैठक तथा पत्रपत्रिका बाट नागरिक सरोकारका बिषयलाई उठान गरी आमनागरिक समक्ष पुर्याउन आवश्यक भएको बताए ।
कार्यक्रममा एफएमडिसीका कार्यकारी निर्देशक उमीद बागचन्दले सरकारले गरेका निर्णय तथा विभिन्न सरकारका निकायले गरेका काम कारबाहीका बारेमा जान्न पाउने अधिकार आम नागरिको अधिकार भएको बताए ।
नेपालको संविधान २०७२ को मौलिक हक अन्र्तगत धारा २७ मा उल्लेखित कानुनलाई बाढिभन्दा बढि आम नागरिकलाई सुचनाको हक सम्बन्धी जान्न पाउने अधिकारका बारेमा जानकारी गराउनका लागी क्याराभानको आयोजना गरिएको एफएमडिसीका कार्यकारी निर्देशक उमीद बागचन्दले बताए ।
कार्यक्रम सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी र अछाम जिल्लाका बिभिन्न स्थानमा सुचनाको हक सम्बन्धी कार्यक्रम गरी धनगढीमा पुगेर समापन हुने छ । डडेल्धुरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको सामाजिक एकता क्लवले सँयोजन गरेको थियो । भने बुधवार डोटीको दिपायल र सिलगढीमा गरीने छ भने बिहिवार अछाममा हुँदै कैलालीमा समापन हुने एफमडिसीका अभियान अधिकारी निराजन परीयारले जानकारी खप्तड अनलाईनलाई दिएका छन । 

आरटीआई सञ्जाल गठन
आरटीआई क्याराभानकै अवसरमा डडेल्धुरामा ११ सदस्यीय आरटीआई सञ्जाल गठन गरिएको छ ।
आरटीआई सञ्जाल गठन गरी आरटीआई अभियानकर्ता सदस्यता पत्र बितरण गरिएको छ ।सुचनाको हक बारे थाहा नपाएकालाई जनाकारी दिने तथा सुचना माग गरी त्यसमा आवश्यक सरसल्लाह दिई समस्या निराकरणको उपाय अपनाउन यस सञ्जालले सहयोग गर्ने लक्ष्य रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा