नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले लिए पद तथा गोपनियताको सपथ

Yogesh Bhattrai.
Yogesh Bhattrai.
July 31, 6:14

काठमाडौं : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पद तथा गोपनियताको शपथ लिएका छन्।

भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको शपथ गराएकी हुन्।

मन्त्री योगेशको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित थिए।

गत फाल्गुन १५ गते पर्यटन मन्त्री रहेका रविन्द्र अधिकारीको तापलेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हालिरहेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा