धनगढीमा कुलदिप राईको योगदान छ : नगरप्रमुख  

Mayor
Mayor
August 02, 6:16

धनगढी, साउन १७ - धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढीको समाजमा बरिष्ठ संगितकार तथा शिक्षक कुलदिप राईको योगदान रहेको बताएका छन् ।
स्वर्गिय राईको सम्झनामा सुदूरपश्चिम कला प्रतिष्ठानले आयोजना गरेको श्रद्धञ्जली सभामा बोल्दै नगरप्रमुख वडले समाजमा योगदान पु¥याउने ब्यक्तीलाई सम्झीएर आयोजक संस्थाले राम्रो कार्यको थालनी गरेको बताए । संगितकार तथा शिक्षक राईले आफ्नो जिवनको महत्वपूर्ण समयम धनगढीमा बिताएको बताउदै नगरप्रमुख वडले भने,शिक्षा र संगित क्षेत्रको विकासमा उनको योगदान रहेको छ ।
मानिस जन्मी सकेपछि एक दिन अबश्य यो लोक छोडेर जान्छ नगरप्रमुख वडले भने, त्यसैले जिउदो हुँदा समाजका लागि पनि केहि गर्नुपर्छ भन्ने सन्देश यो श्रद्धाञ्जली सभाले दिएको छ । कुनैपनि ब्यक्तिको समाजिक उत्तरदायीत्व रहेको हुन्छ नगरप्रमुख वडले भने, सबैले आ–आफ्नो ठाउँबाट सामाजिक उत्तरदायीत्व निभएमा सभ्य समाजको निर्माण गर्न सकिन्छ । मै खाउँ मैलाउँ भन्ने प्रबृतीकाका कारण समाज बिकृत बन्दै गैरहेको छ नगरप्रमुख वडले भने, समाजमा योगदान पु¥याएका ब्यक्तिलाई यसरी सम्झीने किसिमका कार्यक्रम गरेमा गलतमनहरुलाई पनि सहि बाटोमा हिड्न उत्प्रेरण पुग्छ ।
स्वार्गिय राईले समाजमा राम्रो काम गरेका कारण यो समाजले सम्झीएको नगरप्रमुख वडले बताए । दार्जलिङमा जन्मेका राईले लामो समय धनगढीमा शिक्षण गरेका थिए । उनले १४ बर्ष धनगढीको ऐश्वर्य विद्या निकेतनमा शिक्षक गरेका थिए । त्यसैगरी धनगढीका अन्य आधादर्जन विद्यालयमा समेत उनले शिक्षण गरेका थिए । एक महिना पहिले मात्रै उनको दार्जलिङ्मा निधन भएको थियो ।  

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा