धनगढीमा विश्व यूवा दिवस भब्यहरुपमा मनाउने निर्णय

11
11
August 04, 6:17

धनगढी, साउन १९ - साउन २७ गते पर्ने बिश्व यूवा दिवस धनगढीमा भब्यरुपमा मनाउने निर्णय गरिएको छ ।
आईतबार धनगढी उप–महानगरपालिकाको आयोजनामा बसेको राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाको समन्वय बैठकले यस पटक फरक ढंगले बिश्व यूवा दिवस मनाउने निर्णय गरेको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । उनले भने, यूवाहरुमा सकारात्मक सन्देश दिने किसिमको कार्यक्रम आयोजना गरिने छ ।
बेस कैलालीका संयोजक लक्ष्मण चौधरीले धनगढी उप–महानगरपालिकाको नेतृत्वमा सबै संघसंस्थाको सहयोग तथा समन्वयमा विश्व यूवा दिवश मनाईने बताए । धनगढीको पार्क मोडबाट २० किलोमिटरको साईकल यात्रा सम्पन्न गरेर पुनः त्यही स्थानमा पुगेर कार्यक्रम सम्पन्न गरिने पनि संयोजक चौधरीले बताए । 
साईकल यात्रामा बढीभन्दा बढी यूवा यूवतीहरुलाई सहभागि गराईने धनगढी उप–महानगरपालिका समाजिक विकास शाखा प्रमुख टंक बिष्टले बताए । उनले भने, साईकलले छात्रा शिक्षामा कस्तो प्रभाव परेको छ भन्ने सन्देश पनि यस यात्राले दिने छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा