धनगढीमा कपडा बैँकको उद्वघाटन

1
1
August 05, 12:31

धनगढी, साउन २० - धनगढी उप–महानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा स्थापना गरिएको कपडा बैंकको आज औपचारिक रुपमा उद्वघाटन गरिएको छ। धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाखको लगानीमा निर्माण गरिएको कपडा बैँकको आज औपचारिक रुपमा उद्वघाटन गरिएको हो। कपडा बैंकमा एक साता अगाडीदेखि नै संकलनको कार्य जारी भएपनि आज उद्वघाटन गरिएपछि वितरण पनि सुरु गरिएको छ। सुदूरपश्चि प्रदेश सभा सदस्य डिल्लिराज पन्त र धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले संयुक्त रुपमा कपडा बैँकको उद्वघाटन गरे। कपडा बैँकको उद्वघाटनपछि प्रदेश सभा सदस्य पन्तले धार्मीक क्षेत्रमा निशुल्क कपडा बैँक सञ्चालन गरेर हमाल दाजु÷भाईले पुण्यको काम गरेको बताए। धर्म र आस्था जोडिएको क्षेत्रमा प्रयोग गर्न मिल्ने कपडा संकलन र वितरण सुरु भएपछि विपन्न वर्गलाई धेरै सहज हुने उनको विश्वास छ। 
धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले यस क्षेत्रको आवश्यकता अनुसार नै खोलिएको कपडा बैंकले प्रत्येक्ष लाभ पुग्ने बताए। ‘बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसम अनुसार कपडा उपलब्ध गराउन मद्दत पुगाउने विश्वास लिएको छु,’ उनले भने, ‘सम्पूर्ण धनगढी उप–महानगरवासीलाई प्रयोग गर्न मिल्ने कपडा संकलनमा सहयोग गर्न आग्रह गर्दछु।’ 
कार्यक्रममा स्वागत मन्तव्य राख्दै निर्माण तथा सञ्चालन कर्ता मध्येका एक श्याम हमालले धार्मीकसंगै सामाजिक कार्य समेत गर्ने उद्येश्यका साथ कपडा बैंक सञ्चालन गरेको बताए। ‘हाम्रो समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने पनि धेरै छन, नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन,’ हमालले भने, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं।’ कपडा बैंकका सञ्चालक गोपाल हमालले जो कोहीले पनि कपडा लगायतका सामान ल्याएर दिन सक्ने बताए। ‘बैँकमा जम्मा भएका कपडाहरु गरिवहरुका लागि मात्र होईन,’ उनले भने, जो कोहीले पनि बैंकबाट आवश्कयता अनुसारको कपडा लैजान सक्छन।’ उनले बैंक मार्फत प्रयोग गर्न मिल्ने कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जिवनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने बताए। ‘कपडा बैंक गरिवले लैजाने र धनीले दिने केन्द्र मात्र होईन,’ उनले भने, ‘आवश्यकता भएकाले लैजाने र आवश्यकता भन्दा केही बढि भएकाले दिने मात्रै हो।’ 
बाढी, पहिरो, आगलागी पीडितलाई पनि बैंक सञ्चालन भएपछि सहयोग हुने विश्वास लिईएको छ। कपडा बैंक गर्मी मौसममा विहान ८ देखि १० तथा साँझ ५ देखि ७ बजे सम्म खुल्ला रहने छ भने जाडो मौसममा विहान ८ देखि १० र साँझ ४ देखि ६ बजे सम्म खुल्ला रहने छ। लगाउन र प्रयोग गर्न मिल्ने कपडा, जुत्ताचप्पल, झोला लगायत सामान दिन इच्छुक हुनेले ज्ञानु शाह (९८६४३१०७१५ ) लाई सम्पर्क गर्न सक्नेछन्। 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा