टिकापुर मालपोतका २ कर्मचारी घुससहित रंगेहात पक्राउ

1
1
August 05, 1:02

धनगढी, २० साउन – मालपोत कार्यालय टिकापुरका २ कर्मचारी ८ हजार घुस सहित रङ्गे हात पक्राउ परेका छन् । कार्यालयका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नर राज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरबाट खटिएको टोलीले घुस रकम सहित आइतबार नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग ८ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा लम्की चुहा नगरपालिका वडा नं.३ व्यवस्थित नगरबाट उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

नायव सुब्बा कुँवर र खरिदार पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनामा आधारमा रङ्गे हात नियन्त्रणमा लिइएको उनले बताए । थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा