निष्ट कलेज एलपीएल कार्तिक दोस्रो सातादेखि

11
11
August 05, 6:01

धनगढी, साउन २० - धनगढीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगक्रिकेट प्रतियोगिताको चौथौ संस्करण कार्तिक दोस्रो सातदेखि हुने भएको छ । आयोजक संस्कार क्रिकेट एकेडेमीले लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करण यसवर्ष कार्तिक १६ देखि ३० गतेसम्म सञ्चालनहुने जनाएको छ । संघीय प्रहरी इकाईको मैदानमाहुने प्रतियोगिताको विजेता टिमले नगददुई लाख र उपविजेता टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्तगर्ने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 
प्रतियोगितामा कैलाली, कञ्चनपुर, बाँके काठमाण्डौं, भक्तपुर लगायतकाजिल्लाका गरी १३ विद्यालयको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । विद्यालय स्तरीय सो प्रतियोगितामाविद्यालयले कक्षा १० सम्म पढ्ने १० जना खेलाडी र चार जना नेपालका १९ वर्षमुनिका खेलाडी अनिवार्य रुपमा समावेश गराउनु पर्ने जनाइएको छ । प्रतियोगितालिगकमनक आउट फरम्याटमा खेलाइने आयोजकाले जानकारी दिएको छ । 
तल्लो स्तरबाटै क्रिकेट खेलाडी उत्पादनगर्ने उद्देश्यले प्रतियोगिताआयोजनागर्दै आएको संस्कार क्रिकेट एकेडेमीकाअध्यक्ष रामचन्द्र शाहीले बताउनुभयो । ‘धनगढीलाई साँच्चिकै क्रिकेटको सहर बनाउन यस्ता थुप्रै प्रतियोगिता सञ्चालनगर्न आवश्यक छ’, उहाँले थप्नुभयो–‘धनगढीलाई क्रिकेटको नर्सरीको रुपमाचिनाउनथुप्रै प्रतियोगिता सञ्चालनमा सबैको ध्यानजानू पर्दछ ।’ उहाले धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग जस्ता फ्रेन्चाइजीप्रतियोगिता खेल्न नपाएका खेलाडीहरुले एलपीएल खेल्न पाउने ठूलो आशगर्ने गरेको बताउनुभयो । 
निस्ट कलेल लिटल फ्लावर लिग–४ समापनपछि प्रतियोगितामाउत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका १० कक्षासम्ममाअध्ययनरत विद्यार्थी खेलाडी छनोट गरी एक दिवसीय निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग सञ्चालनगर्ने पत्रकार सम्मेलनमाजानकारी दिईएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा