धनगढी विस्फोटका घाइते सरेला डिस्चार्ज भएलगत्तै पक्राउ

1
1
August 06, 3:43

धनगढी, साउन २१ - धनगढी बम विस्फोटमा घाइते विप्लव कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको छ । घाइते लक्ष्मण सरेलालाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

घाईते भएका सेरेलालाई उपचारपछि माया मेट्रो अस्पतालले डिस्चार्ज गरेको थियो। उपचारपछि सरेला ह्विलचियरमा बसेर घर फर्कन लागेका थिए । लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले घाइते सरेला विस्फोटमा संलग्न भएकाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै नियन्त्रणमा लिइएको जनाएको छ । उनको प्रहरीको निगरानी मै उपचार भईरहेको थियो ।

धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा गत साउन २ मा विप्लव कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट भएको थियो । जसमा राम सिंहको मृत्यु भएको थियो भने सरेलासहित ४ जना घाइते भएका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा